कृषि मन्त्रीद्वारा कृषकहरूलाई प्रोत्साहन राशि वितरण

IMG-20220613-WA0153.jpg

गान्तोक। दक्षिण जिल्लाको बर्फुङ निर्वाचन क्षेत्र र मल्ली निर्वाचन क्षेत्रका कृषकहरूलाई आज राज्यका कृषि मन्त्री लोक नाथ शर्माले वर्तमान सरकारले शुरू गरेको दुधको प्रोत्साहन राशि प्रदान गरे।
कार्यक्रमको प्रथम चरणमा मन्त्री शर्माले राभाङलाको कृषि बागवानी फार्मको भ्रमण गरे।त्यस पछि बर्फुङ निर्वाचन क्षेत्रका राभाङला सामुदायिक भवनमा राज्य सरकारको कृषि,बागवानी पशुपालन विभागको आयोजनामा कृषि जागरण तथा प्रोत्साहन राशि वितरण कार्यक्रम सम्पन्न भयो।यस कार्यक्रममा सिक्किम सरकारका कृषि, बागवानी, पशुपालन तथा सुचना तथा जनसम्पर्क विभागका मन्त्री लोकनाथ शर्मा मुख्य अतिथिको रूपमा उपस्थित थिए भने साथमा उक्त निर्वाचन क्षेत्रका विधायक टी. टी. भोटिया लगायत अन्यहरू पनि सामेल रहेका थिए।
किसानहरूलाई कृषि, बागवानी पशुपालन विभाग, सिक्किम सरकारद्वारा आयोजित मुख्यमन्त्री कृषि आत्मनिर्भर योजना अन्तर्गत उत्पादन प्रोत्साहन योजनाको जागरूकता सँगै टोकन वितरण गरिएको हो। बर्फुङ निर्वाचन क्षेत्रमा मात्र लगभग ९८ लाख विभिन्न उत्पादनमा प्रोत्साहन राशि वितरण गरि सकेको विभागले जानकारी दिएका छन्। यस पछि मल्ली निर्वाचन क्षेत्रको तुरूकमा कार्यक्रम सम्पन्न भएको थियो।यसमा दूध सहकारी समितिलाई कूल ४७ लाख ५९ हजार ९ सय ४ रूपियाँ यस योजनावाट मल्ली निर्वाचन क्षेत्रका ६९५ कृषकहरू लाभान्वित बनेका छन।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले वर्तमान सरकारले चुनाव अघि दिएको वचनलाई क्रमशः पूरा गरि रहेको दावी गर्दै सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार भनेको गाउँमुखी अनि किसान तर्फ फर्किएको बताए। पूर्व सरकारमा यस्तो योजनाहरू थिएन तर वर्तमान मुख्यमन्त्री गाउँमुखी भएको कारण कसैले माग नराखि यसलाई योजनाको रूपमा कार्यवञ्यान गरि दिएको छ भने सम्पूर्ण कृषकहरूको तर्फबाट धन्यवाद दिए।सरकारले प्रतिबद्धता पूरा गर्न सहयोग र समर्थनको लागि आह्वान गर्दै सिक्किमलाई आत्मनिर्भर राज्यमा रूपान्तरण गर्ने साझा लक्ष्यलाई अँगालेर अघि बढनुपर्ने सुझाव राखे।उनले कर्मचारीहरूलाई जनताको सुविधाको लागि उत्कृष्ट स्तरको सेवा प्रदान गर्न पर्याप्त दृढ र जवाफदेही हुने प्रेरित गरे। उनले मुख्यमन्त्री प्रेम सिह तामाङको नेतृत्वमा रहेको सरकारले उपलब्ध गराएको अवसरबाट परनिर्भरताको संस्कृति त्यागेर आत्मनिर्भर बन्न युवाहरूलाई आव्हान गरे। उनले मुख्यमन्त्री कृषि आत्मा निर्भर योजनाको पथ ब्रेकिङ पहल शुरु गर्नुको पछि मुख्यमन्त्रीको दूर दृष्टि रहेको मन्तव्य व्यक्त गर्दै यसको परिणामको रूपमा ठूलो संख्यामा किसानहरूले आर्थिक लाभ प्राप्त गरिरहेको बताए। उनले अझ भने जनताको आँगनमा नै प्रशासनको पोलिसी लिएर सरकारले काम गर्दैछ दुध उत्पादक सहकारी समितिका दुध उत्पादक कृषकहरुलाई आज सरकारद्घारा प्रदान गरिने प्रतिलिटर ८ रुपियाँ प्रोत्साहन राज्य व्यापी रूपमा वितरण भइरहेको बताए।
स्मरण रहोस्, राज्य सरकारले दुध उत्पादक कृषकहरुको आयस्रोतलाई बढोत्तरी गर्न प्रतिलिटर ८ रुपियाँ प्रोत्साहन राशि थपेर दिने महत्त्वकांक्षी कार्यक्रम अप्रेल २०२० देखि शुरु गरेको छ। यो कार्यक्रमको शुरुवात भएपछि सिक्किमका दुधको उत्पादनमा निकै बढोत्तरी आएको छ।
राज्य सरकारले कृषकहरुलाई अभिप्रेरित गर्न विभिन्न योजना अन्तर्गत कैयौं कार्यक्रमहरु जमिनी स्तरका कार्यान्वयन गरिरहेको बताउँदै यी अवसरबाट जनतालाई भरपूर फाइदा उठाउने आह्वान गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *