मिरिक सरकारी पोलिटेक्निक कलेजमा टीएमसीपी गठन

IMG-20230306-WA0286.jpg

मिरिक: मिरिक सरकारी पोलिटेक्निक कलेजमा आज तृणमूल कंग्रेसको टीएमसीपी (विद्यार्थी संगठन) गठन गरियो। हिल टीएमसी चेयरमेन एलबी राईको उपस्थितिमा उक्त संगठन गठन गरिएको हो। यस क्रममा उनीबाहेक टीएमसी युथका जिल्ला संयोजक उपाध्यक्ष विकास सुब्बा, टीएमसी मिरिक ब्लक युवा अध्यक्ष सोबन घिसिङ, युवा नेता साङ्गे तामाङ, टीएमसीपी दार्जीलिङ जिल्ला अध्यक्ष प्रबल तामाङ, सचिव सोनाम छिरिङ भोटिया लगायत विद्यार्थीहरूको उपस्थिति रहेको थियो। सभामा अखिल खातीलाई मिरिक पोलिटेक्निक कलेज टीएमसीपी युनिटका अध्यक्षको रूपमा चयन गरियो भने मेघनाश्री गुरूङलाई उपाध्यक्ष, ऋषि विश्वकर्मलाई मूल सचिव, प्रज्ञानी छेत्रीलाई सांस्कृतिक विभाग सचिव, सह सचिव अखिल,करण सुब्बा, सलोनी प्रधानलाई कोषाध्यक्ष,इशेना प्रधानलाई प्रमुख सल्लाहकार,तेञ्जिङ भुटिया र सम्राट गुरूङलाई खेल सचिव,मृणाली भण्डारी,आकाश तामाङ,अभिषेक राई अनि अंकित थापालाई संयोजक अनि चारजनालाई कार्यकारी सदस्यको रूपमा चयन गरियो।

सभापछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा हिल टीएमसी चेयरमेन एलबी राईले मिरिक सरकारी पोलिटेक्निक कलेजमा हालसम्म तृणमूल कंग्रेसको टीएमसीपी युनिट नरहेको र आज विद्यार्थीहरूसँग सभा गरेर युनिट गठन गरेको बताए। मिरिक सरकारी पोलटेक्निक कलेजलाई अझ राम्रोसँग सञ्चालन गर्नका लागि नै यो युनिट गठन गरेको उनले बताए। अब टीएमसीपी युनिटका प्रतिनिधिहरूले कलेजका प्राचार्यसँग कुराकानी गरेर के कस्ता कमी कमजोरीहरू छन् त्यसबारे पनि छलफल गर्ने उनले बताए। उनले भने, कलेजमा के कस्ता समस्याहरू छ यसको पनि जायजा लिएर हाम्रो पक्षबाट हुनु सक्ने सहयोग गर्नेछौं। कलेजमा विगत वर्षहरूमा विद्यार्थीहरूको संख्या थोरै भएको कारण पनि युनिट गठन गर्न सकिरहेका थिएनौं तथापि हाल विद्यार्थीहरूको संख्यामा वृद्धि भएको छ र नै यस वर्षदेखि युनिट कमिटी गठन गरेका छौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement