सरकारसंग मिलेर काम गर्छु भन्नेहरूले श्रमिकहरूसंग खेलवाड गर्ने काम नगरोस: लाडुप घिसिङ

IMG-20230306-WA0283.jpg

दार्जीलिङ: सरकारसंग मिलेर काम गर्छु भन्ने हरूले श्रमिकहरूसंग खेलवाड गर्ने काम नगरोस यो मनतब्य हाम्रो पार्टीको केन्द्रीय कमिटि सदस्य लाडुप घिसिङले पोखेको हो।पर्जा पटटा, चिया श्रमिकहरूको आई कार्ड आदि जस्ता विषयहरू बारे जानकारी लिन हाम्रो पार्टीको केन्द्रीय कमिटि सदस्य लाडुप घिसिङ आज थर्बु चिया बगान पूगेका थिए।बगानमा कार्यरत चिया श्रमिकहरूसंग बातचित गर्ने क्रममा राज्य सरकार ले वितरण गर्दै आई रहेको पर्जा पटटाको सत्यता साथै चिया श्रमिकहरूलाई मुख्यमंत्री ममता ब्यानर्जीको फोटो भएको आई कार्डको वितरण आदि जस्ता विषयहरू बारे सोध खोज गर्दा यी विषयहरूको सत्यता बारे चिया श्रमिकहरूलाई पत्तो नभएको आफुलाई जानकारी गराएको घिसिङले बताए। तिनले चिया श्रमिकहरूको भीड लाई सम्बोधन गर्दै अधि भने राज्य सरकारले चिया श्रमिकहरूलाई आठ डेसिमल जमीनको पर्जा पटटा दिन्दै आई रहेको छ तर हाम्रो पिता पुर्खाहरूले केवल आठ डेसिमल जमीनहरू मात्र कमाएका थिएनन। हामीलाई आठ डेसिमल होइन हाम्रो पिता पूर्खाको रगतले सिचेको भूभागको पर्जा पटटा हामी चाहिन्छ, हामीलाई आठ डेसिमल जमीनको पर्जा पटटा दिएर हाम्रो बाँकी जमीन तिमीले के गर्न खोज्दै छौ घिसिङले प्रश्न तेर्साए। तिनले अझ भने चिया श्रमिकहरूलाई जानकारी नगराईकन पासपोस्ट साइजको फोटो टाँसेर आई कार्ड वितरण गर्ने काम गर्दैछ अनि त्यो आई कार्डमा ममता ब्यानर्जीको फोटो टाँस्ने काम गरेको छ तर त्यस आई कार्डमा श्रमिकहरूको अन्य कुनै विवरणहरू लेखिएको छैन, यसले स्पष्ट हुन्छ यहाँ राजनीति रोटी सेक्ने काम गर्दैछ।घिसिङले अधि भने सरकारसंग मिलेर काम गर्छु भन्नेहरूले हामीले बोलेको सत्यलाई लुकाउँन हामीले मालिकसंग मिलेर यस्तो कुराहरू गर्दैछौ भन्ने जस्ता आरोपहरू लगाउँदै आई रहेको छ तर यी आरोपहरू सवै झूठो हो,हामी चाहान्छौ हाम्रो श्रमिकहरूले न्याय पावोस भन्ने हो तिनले भने। तिनले अधि लाडुप घिसिङ श्रमिक को छोरो हो,चाहिले पनि दशैको तीन दिन अधिसम्म हाम्रो श्रमिक आमा बाबाहरू पूजा बोनसको आशामा बस्नु पर्छ, रोजी कहिले दिन्छ होला भनेर चिन्तामा डुब्न पर्छ तर अब पहिलो फसलसंग संगै चिया श्रमिकहरूको पूजा बोनस तय हुन पर्छ।बंगाल सरकारलाई चिया श्रमिकहरूको यति धेर माया छ भने, जीटीएको सत्ता चैकीमा बस्नेहरूलाई श्रमिकहरूको यति धेर माया लाग्छ भने चिया श्रमिकहरूको मिनिमम वेजेस लागु गरोस। बिडी काराखानामा काम गर्ने श्रमिकहरूको मिनिमम वेजेस छ, त्यसरी नै अन्य नीजि कम्पनीहरूमा काम गर्ने श्रमिकहरूको पनि मिनिमम वेजेस छ तर विश्व प्रसिद्व दार्जीलिङ चियाको उत्पादन गर्ने श्रमिकहरूको मिनिमम वेजेस किन छैन घिसिङले प्रश्न तेर्साए। लाडुप घिसिङले अधि भने मिनिमम वेजेस र पूजा बोनस यौ मार्च महिनाभित्रमा नै चुडान्त निर्णय लिन पर्छ तिनले भने।सरकारसंग मिलेर काम गर्छु भन्नेहरूले मेरो रगतको साइनो जोडिएका श्रमिक आमा, बाबा, दाजु, भाइ, दिदी, बहिनीहरूसंग खेलवाड गर्ने काम नगरोस भन्दै तिनले चेताउनी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement