सिलगढी: नदीहरूबाट बालुवा निकाल्ने काम जनवरीदेखि रोकिएको छ। मजदुरहरू बेरोजगार बन्दै गएका छन्। रातको अन्धकारमा र बिहानको समयमा खोलाबाट गोप्य रुपमा बालुवा र ढुङ्गा टिप्ने क्रममा ३ युवाको मृत्यु भएको छ। जबकि एकजना गम्भीर घाइते छन्। मृत्यु हुनेको नाम रोहित साहनी (१५), श्यामल साहनी (१५) र मनु कुमार (२०) रहेको छ। उनीहरू माटिगराको बनिया खारी क्षेत्रका बासिन्दा हुन्। घटना सिलगढी डिभिजनको माटिगराको बनिया खारी त्रिपाली जोत क्षेत्रको हो।बिहान माटिगराको बालासन नदी घाट पार गर्ने क्रममा ती मजदुर खोलाको माटोमा खसेका थिए। खसेर ३ मजदुरको मृत्यु भएको छ। जबकि १ मजदुर घाइते भएका छन्। मृत्यु हुने ३ जना मजदुर नाबालिग रहेको बताइएको छ। खोला बन्द भएपछि मजदुर बेरोजगार बन्दै गएका छन्। त्यसैले उनीहरूले गोप्य रुपमा बालुवा ढुङ्गा निकाल्ने काम गरिरहेका छन्। घटनापछि स्थानीयले प्रशासनप्रति चर्को आक्रोश व्यक्त गरेका छन्। माटिगारा प्रहरीले शव बरामद गरी पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाएको छ।