सिलगढीको सेभोक क्षेत्रमा भएको सड़क दुर्घटनामा चारजनाको मृत्यु

CollageMaker_20233619050639.jpg

सिलगढी: सिलगढीको सालुगढ़ा नजिक सेवोक रोड सात माइलमा आज कार र पिक अप भ्यान ठोक्किन्दा चारजनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा विकास गुप्ता, सागर तामाङ, विनोद राई र अरूण छेत्री रहेको पुलिस सुत्रबाट जानकारी प्राप्त भएको छ। जानकारी अनुसार अरूण छेत्रीले पिकअप भ्यान चलाएका थिए। दुर्घटनामा पर्ने अरूण छेत्री सिलगढी निवासी रहेको अनि अन्य तीनजना सिक्किमका वासिन्दा रहेका छन्। सिलगढीको सालुगढ़ा नजिक सात माइलमा आज बिहान डब्ल्युबी ७३ डी-९८३२ नम्बरको पिक् अप भ्यान र सिक्किम नम्बर भएको एसके ०१ टीए-१२४९ नम्बरको वागेनर एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त बनेको छ। उक्त दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको अनि तीनजनालाई सेभोक पुलिसको सहयोगमा सिलगढीको एक निजी नर्सिङ होममा लादा तीनैजना मृतक घोषित गरिएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement