अलिपुरद्वार: उत्तर बंगालको चिया बगानमा, तृणमूल कङ्ग्रेसले बीजेपी विधायक र सांसदहरूको घर अगाडि मार्च १ देखि हडताल गरेको छ। जसमा चिया बगानका मजदुरहरूको पीपी समस्या समाधान गर्न माग सहित धेरै मागहरू उठाइएका छन्। अलिपुरद्वार जिल्लाको कालचिनी ब्लकको भाटपारा चिया बगानमा भाजपा विधायक विशाल लामाको घर अगाडि सोमबार बिहानदेखि विरोध प्रदर्शन भइरहेको छ। तृणमूल चिया बगान मजदुर युनियनका केन्द्रीय अध्यक्ष वीरेन्द्र उराँवले चिया मजदुरको समस्या समाधान नभएसम्म आन्दोलनको कार्यक्रम जारी रहने बताए।