सिलगढी: केन्द्र सरकारले बितेका एक वर्षमा पश्चिम बङ्गालमा केन्द्र सरकारद्वारा प्रायोजित मनरेगा, पीएमजीएसवाई अनि अन्य योजनाहरूको कड़ाईका साथ निगरानी गरेको सांसद राजु बिष्टले विज्ञप्ति जारी गरेर बताएका छन्। उनले भने, ‘यसको परिणामस्वरूप पश्चिम बङ्गाल सरकारले १.१८ करोड़ जाली मनरेगा रोजगार कार्ड निरस्त गरेको छ। पश्चिम बङ्गाल सरकारले यसअन्तर्गत दार्जीलिङ गोर्खा पार्वत्य परिषद (जीटीए)बाट १,१२,३००, कालेबुङ जिल्लाबाट ५९,६२५, अनि सिलगढ़ी महकुमा परिषद क्षेत्रबाट ५३,९६६ जाली श्रमिक रोजगार कार्डहरू निरस्त गरेको छl’ यस हिनामिना गरेको आरोप सांसद राजु बिष्टले आरोप लगाएका छन्l