सिलगढी: आज सिलगढी पत्रकार क्लबमा सोशल डेमोक्रेटिक पार्टी अफ इन्डिया पश्चिम बंगाल र दार्जिलिङ जिल्ला इकाईद्वारा पत्रकार सम्मेलनको आयोजना गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै, एसडीपीआई पश्चिम बंगाल राज्य अध्यक्ष श्री तैदुल इस्लामले भने कि उत्तर बंगालमा संगठनलाई बलियो बनाउन दार्जिलिङ, जलपाइगढी र कालेबुङ जिल्ला समितिहरू गठन गरिएको छ। फैजल अहमदलाई दार्जिलिङ जिल्ला समितिको संयोजक बनाइएको छ। पार्टीले २०२४ को लोकसभा चुनावको तयारी सुरु गरेको छ। सङ्गठन विस्तारका लागि जनतालाई पार्टीमा जोडिँदैछ। स्थानीय तहमा बैठकहरू भइरहेका छन्। आगामी महिनादेखि सिलगढी र दार्जिलिङ पहाडमा पनि स्थानीय कार्यक्रम र स्थानीय जनताका समस्यालाई लिएर आन्दोलन र पार्टी कार्यकर्ता सम्मेलन हुने भएको छ।