वन्दे भारत एक्सप्रेस दिसम्बर २०२४ सम्म सिक्किम आउने

00-1-162

गान्तोक: “भारतका उत्तर-पूर्वी राज्यहरूप्रति प्रधानमन्त्री नरेन्द्र मोदीको उत्साह, प्रतिबद्धता र भावनात्मक सम्बन्ध विभिन्न तरिकामा प्रतिबिम्बित भएको छ”, केन्द्रीय रेलवे, सञ्चार, इलेक्ट्रोनिक्स एवं सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले गान्तोकस्थित सम्मान भवनमा आयोजित ‘गो ग्रीन, गो अर्ग्यानिक’ विशेष पोस्टलको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै भने। ‘गो ग्रीन, गो अर्ग्यानिक’-मा विशेष पोस्टल आवरण लोकार्पण गर्दै वैष्णवले पहिलो प्रमाणित जैविक राज्य बन्ने सिक्किमको प्रयासको प्रशंसा गरे।

सत्रलाई सम्बोधन गर्दै वैष्णवले साना गाउँका कारीगर, उत्पादक र बुन्नेहरूलाई विश्व बजारमा जोड्ने प्रधानमन्त्रीको दृष्टिकोण अनुरूप पोस्टल निर्यातको सुविधाबाट फाइदा उठाउन आग्रह गरे। उनले भने, “पूर्वोत्तरमा रेलवेको लागि वार्षिक बजेट विनियोजनमा २०१४ पहिले दुई हजार करोड़ रुपियाँ थियो भने २२३-२४ मा यो बढ़ेर १० हजार करोड़ रुपियाँ भएको छ। यसले क्षेत्रको विकास र जनतालाई न्याय दिने कामले गति लिनेछ।” उनले अझ भने, “उत्तरपूर्वी भारतमा धेरै योजनाहरूले राम्रो प्रगति पाइरहेका छन्।” सिक्किमलाई देशको बाँकी भागसँग जोड्ने निर्माणाधीन सेवक-रम्फू रेल परियोजनाको बारेमा बोल्दै केन्द्रीय मन्त्रीले प्रधानमन्त्रीको विश्व स्तरीय रेलको सपना अनुसार देशका सबै भागसँगै दिसम्बर २०२४ सम्म राज्यमा वन्दे भारत एक्सप्रेस आउने घोषणा गरे।

दूरसञ्चार क्षेत्रको बारेमा छलफल गर्दै वैष्णवले सिक्किममा ५जी यो वर्षको १५ अगस्तअघि उपलब्ध हुने आश्वासन दिए। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको गतिशील नेतृत्वमा देशले प्रविधिको नेतृत्व र निर्यातकर्ता बन्ने लक्ष्य लिएको पनि बताए। उनले भारत विश्वको दोस्रो ठूलो मोबाइल हेण्डसेट निर्माता बनेको उदाहरण दिए। साथै उनले आउँदो दुई-तीन वर्षमा भारत दूरसञ्चार उपकरणको प्रमुख निर्यातकर्ता बन्नेमा जोड़ दिए। कार्यक्रममा स्वागत सम्बोधन राख्दै मुख्य पोस्ट मास्टर जेनरल (एनई) सुब्रत दासले सिक्किमले पर्यावरण संरक्षणमा उल्लेखनीय काम गरेको र सय प्रतिशत जैविक कृषि गर्ने राज्यको रूपमा विश्वमा आफूलाई परिचित गराएको बताए। उनले प्रोटिन, फाइबर र मिनरल्सले भरिपूर्ण खानाको प्रवर्द्धन एवं संरक्षण गर्न यो वर्ष विश्वले अन्तर्राष्ट्रिय कोदो वर्ष मनाउँदै आएको र सिक्किमले परम्परागत रूपमा पहिलेबाटै कोदोको फसल उत्पादन र प्रयोग गर्दै आएको बताए।

कार्यक्रमको एक अंशको रूपमा केन्द्रीय मन्त्रीले पत्रकार सम्मेलनलाई पनि गरेका थिए। सो अवसरमा राज्य सरकारका मन्त्रीहरू कुङ्गा निमा लेप्चा,  बीएस पन्त, लोकनाथ शर्मा, मिङ्मा शेर्पा र अन्य विशिष्ट व्यक्तिहरू उपस्थित थिए। ज्ञात रहोस्, केन्द्रीय रेलमन्त्री सिक्किमको तीन दिने औपचारिक भ्रमणमा छन्। उनले उत्तर सिक्किमको लाचुङको भ्रमण गर्नेछन् जुन जीवन्त गाउँ अन्तर्गत पर्दछ, त्यहाँ भइरहेका विभिन्न विकास कार्यहरू हेर्न र स्थानीय जनतासँग अन्तरक्रिया गर्ने उनको कार्यक्रम रहेको छ। पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement