कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले विधानसभामा जम्मा १९ बालबालिकाको मृत्यु भएको बताएकी छिन्l जसमध्ये १३ जनाको मोडिबिटिसका कारण र ६ जनाको एडेनो भाइरसका कारण मृत्यु भएको उनले जानकारी दिएकी छिन्। यससँगै मुख्यमन्त्रीले प्रत्येकको मृत्युमा आफूलाई दुःख लागेको बताइन्। उनले भनिन्, ‘राज्य सरकारसँग पूर्ण स्वास्थ्य प्रणाली छl’