जनताको सुरक्षाको लागि खरसाङ बजारमा सीसी टिभी क्यामेरा जड़ान गर्ने कार्यको शिलान्यास

IMG-20230306-WA0199.jpg

खरसाङ: खरसाङ बजारको सुरक्षाको लागि सीसी क्यामेरा लगाउने कार्य सम्पन्न भएको छ। खरसाङ बजारमा सुरक्षाको दृष्टिकोणले यो एक कदम अघि बढेको छ। शहरको सुरक्षालाई अझ बलियो बनाउन जीटीएको उर्जा एवं विद्युत् विभागले ५५ वटा सीसी टीभी क्यामेरा शहरको विभिन्न स्थानमा जडान गर्ने भएको छ। आज खरसाङ मोटर स्ट्याण्डमा सम्पन्न एक शिलान्यासको कार्यक्रमसंगै तीनवटा सीसी टीभी क्यामेराले काम गर्न शुरू गरिसकेको छ। मोटर स्ट्याण्डमा खरसाङ नगरपालिका प्रशासनिक बोर्ड अध्यक्ष ब्रिगेन गुरूङको अध्यक्षतामा सम्पन्न यो कार्यक्रममा बोल्दै विभागका कार्यकारी अभियान्ता सुरज थापाले २५ लाख रूपियाँको लागतमा पुरा गरिने यो परियोजना अन्तर्गत नगरपालिका क्षेत्रभरि ५५ वटा सीसी टीभी क्यामेरा जडान गरिने बताए। कार्यक्रममा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङले सम्बोधन गर्दै सीसी टिभी क्यामेरा खरसाङ बजारभरि लगाउने पहल भएको छ र यसको लागि ऊर्चा विभागको एमओडी सभासद प्रणाम रसाईलीको पहल र जनताको सुरक्षाको लागि जीटीए चिफ् अनित थापाको ठूलो हात रहेको बताएका छन्। कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै ऊर्जा विभागको एमओडी सभासद प्रणाम रसाईलीले आज खरसाङवासीको लागि जीटीए चिफ् अनित थापाकोबाट यो सीसी क्यामेरा जड़ान गर्ने कार्य उपहार हो भनी बताएका छन्। उनले अनित थापाको ‘तपाईको सुरक्षा हाम्रो जिम्मेवारी’ भन्ने भनाईलाई अघि राखेर यो कार्य गरिएको बताए। उनले जनताको सेवाको लागि मौका दिएकोमा जीटीए चिफ् अनित थापाप्रति आभार प्रकट गरेका छन्।

उर्जा एवं विद्युत विभाग भार प्राप्त सभासद प्रणाम रसाइलीले खरसाङ शहर सुरक्षाको दृष्टिकोणले एक कदम अघि बढेको बताउँदै यो सबै जीटीए प्रमुख कार्यपाल अनित थापाको असल सोच र विचारको परिणाम हो भनी बताए। खरसाङ बजारमा सीसी टिभी क्यामेरा जड़ान गर्ने कार्यको शिलान्यास कार्यक्रममा खरसाङ पुलिस थानाको आईसी नबेन्दु सरकारले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा सभासद श्याम शेर्पा, नारी शक्ति केन्द्रीय सभापति अनु प्रधान, खरसाङ ट्राफिक ओसी दोर्जे शेर्पा लगायत अन्यहरू उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement