पाकिस्तानमा भीषण आत्मघाती हमला, ९ जना पुलिसको मृत्यु

Blast

क्वेस्टा: पाकिस्तानको बलुचिस्तान प्रान्तमा सोमबार भीषण आत्मघाती हमला भएको छ। यस हमलामा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने १३ जना भन्दा बढी घाइते भएका छन्। यो बम आक्रमण बोलान जिल्लामा भएको बताइएको छ। स्थानीय पुलिस उपरीक्षकले ९ पुलिसको मृत्यु भएको पुष्टि गरेका छन्। काबरी पुलमा विष्फोट भएको उनले बताए। प्रारम्भिक अनुसन्धानमा यो आत्मघाती हमला भएको खुलेको छ। यद्यपी यो विष्फोटको ठोस कारण भने खुल्नसकेको छैन। बम विष्फोटको कारणबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ। घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको एसएसपीले बताए। घटनास्थलमा बम डिस्पोजल टोली र सुरक्षाकर्मी पुगेका छन्। मारिने सबै बलुचिस्तान पुलिसका रहेको बताइएको छ। आक्रमणकारीले सुरक्षा बलको गाडीमा आक्रमण गरेको पुलिसले जनाएको छ। यी सुरक्षाकर्मी सिबी मेलाबाट फर्कदै गर्दा बाटोमा आत्मघाती हमलाकारीले विस्फोट गराएको बताइएको छ।

मृतक र घाइते सबैको शव सिबी लगिएकोमा उपचार भइरहेको छ। धेरै घाइतेको अवस्था निकै नाजुक रहेको र मृतकको संख्या बढ्न सक्ने बताइएको छ। क्वेटा र सिबीका अस्पतालमा आपतकाल घोषणा गरिएको छ। अघिल्लो साता दुईवटा छुट्टाछुट्टै आक्रमणमा ६ जनाको ज्यान गएको थियो जसमा दुई सुरक्षाकर्मी थिए। यस आक्रमणमा कोइला खानीमा काम गर्ने ३ जना पनि घाइते भएका छन्। आक्रमणपछि आक्रमणकारी फरार भएका छन्। बलुचिस्तानमा, अक्षर बलोच विद्रोहीहरूले पाकिस्तानी सुरक्षा बलहरूलाई निशाना बनाउन जारी राखेका छन्। उनीहरुले चीनको सीपीईसी  परियोजनाको कडा विरोध गरिरहेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *