फूलबारी चिया बगानमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघ गठन

00-1-IMG-20230306-WA0158

दार्जीलिङ: फुबछिरिङ-पान्दाम समष्टिअन्तर्गत लोवर फूलबारी भवनमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको सभा सम्पन्न भयो। संघको केन्द्रीय प्रमुख सल्लाहकार राजु सुब्बाको उपस्थित रहेका थियो भने अन्य केन्द्रीय नेतृत्वहरूमा सचिव जतन राई, बसन्त छेत्री आदि उपस्थित रहेका थिए। सभामा आलुबारी-फूलबारी चिया बगान क्षेत्रका श्रमिकहरूको उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्ने क्रममा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय कार्यकर्ता राजु सुब्बाले बढ्दो महङ्गाई दरको आधारमा चिया श्रमिकहरूको रोजी नगण्य रहेको बताए। उनले भने, ‘विगतका दिनहरूमा हामीले बगानका प्रबन्धकहरूसितको बैठकमा प्रबन्धकवर्गले बगानमा श्रमिकहरूको उपस्थिति धेरै कम्ति रहेको बताउँदै बगानमा श्रमिकहरूको सक्दो उपस्थिति रहोस् भन्ने श्रमिक संगठनहरूसँग गुहार लगाए। त्यस अवधि प्रबन्धकबर्गलाई २३२ रूपियाँको रोजले श्रमिकहरूलाई आफ्नो घर परिवारको पालनपोषण गर्न धेरै गाह्रो पर्ने हुनाले उनीहरू जहाँ बढी रोज पाउँछन् त्यहाँ उनीहरू काम गर्न बाध्य भएको हामीले प्रबन्धक वर्गलाई जनायौंl’ उनले अझ भने, ‘चिया बगानहरूमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म श्रमिकहरूलाई बगानमा काम लगाउने गर्छन्। श्रमिकहरूलाई ठिक दिनुहोस् अनि श्रमिकहरूले आफ्नो ठिक पूरा गरेर त्यसदेखि बाहेकको छुट्टै पैसा दिनुहोस्, यसो गरेको खण्डमा श्रमिकहरू कामको निम्ति बाहिर जाने आवश्यकता पर्दैन भन्ने हामीले प्रबन्धक वर्गलाई जनाएका छौं ।यसो गर्दा श्रमिकहरूले आफ्नो रोजदेखि छुट्टै पैसा पनि कमाउन सक्नेछन्l’

सभामा लोवर फूलबारी चिया बगानमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघ शाखा गठन पनि गरियो, जसमा प्रेमकित लेप्चालाई सर्वसम्मतिले अध्यक्ष चयन गरियो। त्यसरी नै उपाध्यक्ष बन्दना खाती, महासचिव बन्दना राई, सहसचिव अन्जु देवान, कोषाध्यक्ष शिला राई, सल्लाकारहरूमा अरूण खाती, गोपाल मुखिया, रमेश खाती, उतम तामाङलाई चयन गरिएको छ। कार्यकारिणी सदस्यहरूमा बबी मुखिया,रन्जना तामाङ, कान्छीमाया तामाङ, संगीता सुब्बा, रचिमा गुरूङ, शकुन्तला वीके, मनिका मुखिया, शोभा सुब्बा, डोमा लिम्बु, रेविना सुब्बा, रूपा वीके, विजय वीके, विनोद वीके, शान्ती खाती, उतम तामाङ र रमेश खाती रहेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *