६ मार्चः टोक्यो ओलम्पिक खेलहरूमा रजत पदक विजेता भारोत्तोलक मीराबाई चानूलाई जनताको मतदानपछि साल २०२२-को निम्ति बीबीसी सालका सर्वश्रेष्ठ भारतीय महिला खेलाड़ी पुरस्कारको निम्ति चयन गरियो। मणिपुरकी २८ वर्षीय भारोत्तोलक यस पुरस्कारलाई लगातार दुई साल जित्ने पहिलो खेलाड़ी बनेकी छन्। यसअघि उनले २०२१-मा पनि यस पुरस्कारलाई हासिल गरेकी थिइन्। मीराबाई भारोत्तोलनमा ओलम्पिक रजत पदक जित्ने पहिलो भारतीय खेलाड़ी हुन्। गत वर्ष उनले कमनवेल्थ गेम्समा स्वर्ण पदक जितेकी थिइन्। उनले गत वर्ष भएको वर्ल्ड च्याम्पियनशीपमा पनि रजत पदक जितेकी थिइन्। मीराबाईले भनिन्, म साँच्चै रोमाञ्चित छु। म आउँदो खेलहरूमा अझ धेर मेहनत गर्दै भारतको निम्ति अधिक पदक जित्न चाहन्छु। यस पुरस्कारको निम्ति नामित अन्य खेलाड़ीहरूमा पहलवान विनेश फोगाट र साक्षी मलिक, बक्सर निकहत जरीन र ब्याडमिण्टन खेलाड़ी पीभी सिन्धु सामेल थिइन्। टेबल टेनिस खेलाड़ी भाविना पटेललाई सालकी सर्वश्रेष्ठ प्यारा महिला खेलाड़ी चयन गरियो। यसरी नै भारतीय महिला हकी टीमकी पूर्व कप्तान प्रीतम सिवाचलाई बीबीसी जीवन पर्यन्त उपलब्धि (लाइफटाइम अटीवमेण्ट अवार्ड) पुरस्कार दिइयो।









