सन्तोष ट्रफीः कर्नाटक ५४ सालपछि च्याम्पियन

IMG-20230305-WA0249.jpg

५ मार्चः कर्नाटकले सन्तोष ट्रफीको रोमाञ्चक फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै मेघालयलाई ३-२-ले पराजित गरी ५४ सालपछि राष्ट्रिय च्याम्पियनशीप जित्यो। सऊदी अरबको रियाद स्थित किंग फहद स्टेडियममा खेलिएको फाइनलमा कर्नाटकको तर्फबाट सुनिल कुमारले दोस्रो, बेकली ओरमले १९औं अनि रबिन यादवले ४२औं मिनटमा गोल गरे। यसरी नै मेघालयबाट ब्रोलिंगटन वारलार्पीहले आठौं र शीन स्टीवेन्सन स्फकटंगले ६०औं मिनटमा गोल गरे। कर्नाटकले यसअघि अन्तिमपल्ट राष्ट्रिय फूटबल च्याम्पियनशीपको खिताब १९६८-६९-मा जितेको थियो। फाइनल म्याच चरम रोमाञ्चक रह्यो। मेघालयले टीमले जीतको निम्ति सक्दो प्रयास गरे पनि सफलता हासिल गर्न सकेन। यसअघि सर्विसेजले काँस्य पदकको म्याचमा पञ्जाबलाई २-०-ले पराजित गरी सन्तोष ट्रफीमा तेस्रो स्थान हासिल गऱ्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *