इतिहास बनाउनको निम्ति खेल्छुः एम्बाप्पे

IMG-20230305-WA0252.jpg

५ मार्चः फ्रान्सका स्टार स्ट्राईकर कीलियन एम्बाप्पेले नेनटेस विरुद्ध ४-२-ले जीतको अवधि पेरिस सेण्ट जर्मेन (पीएसजी)-को तर्फबाट सर्वाधिक गोलदाता बन्ने उपलब्धिलाई हासिल गरे। एम्बाप्पेले म्याचको अन्तिम समयमा इञ्ज्युरी टाइमको दोस्रो मिनटमा गोल गरे, जुन पीएसजी-को निम्ति उनको २०१औं गोल थियो। यसको साथै उनले एडिन्सन कवानीको रेकर्ड तोड़े। उरुग्वेका कवानीले पीएसजी-बाट २०० गोल गरेका थिए। यस जीतको साथै पीएसजी लीग वन् फूटबलको शीर्ष स्थानमा पनि पुग्यो। पीएसजी-को जर्सी लगाएर २४७औं म्याच खेलेपछि एम्बाप्पेले भने, यहाँ आउँदा मेरो उमेर एकदमै कम्ती थियो। मैले यहाँ धेरै कुराहरू सिक्ने मौका पाएँ। म इतिहास बनाउनको निम्ति खेल्छु। मैले सदा यही कुरा भनेको छु। म यस टीम अनि फ्रान्सको निम्ति त्यही गर्न चाहन्छु। यो एउटा व्यक्तिगत उपलब्धि मात्र हो तर म यहाँ सामूहिक उपलब्धिको निम्ति आएको हूँ। म्याचमा पीएसजी-बाट लियोनल मेस्सीले पनि गोल गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *