बॉंसजन्य सामानको अध्ययन गर्न एक टोली असम प्रस्थान

IMG-20230305-WA0259.jpg

गेजिङ: पश्र्चिम सिक्किम गेजिङ बर्मेक निर्वाचन क्षेत्रको रातोमाटे स्थित हिमालय साइन्स सोसाइटी सचिव डा टीका प्रसाद शर्माले आज बर्मेक, मार्ताम,सम्बोक र रूङदु गाउँका १३ जनालाई आसाम राज्यको गुवाहाटीमा अवस्थित विभिन्न धार्मिक स्थल लगायत बॉंसद्वारा निर्मित हस्तकलाको शैक्षिक भ्रमणको निम्ति प्रस्थान गरेका छन। भ्रमण विषय दिएको जानकारीअनुसार सोसाइटीद्वारा रातोमाटेमा गत केही वर्ष अघिदेखि बॉंसद्वारा निर्मित विभिन्न सामानहरूको तालिम केन्द्र स्थापना गरि लगातार रूपमा सिक्किम सरकारको सहयोगमा स्थानीय नागरिकहरूलाई तालिम दिने काम गरि रहेको छ। सरकारद्वारा अनुमोदित धनराशिवाट दस प्रतिशत बचत गरि विभिन्न सामाजिक कार्यमा खर्च गरि रहेको उनले बताए। यसरी नै प्रशिक्षणार्थीहरूलाई विभिन्न ङ्गार्म हाउसको शैक्षिक भ्रमणसँगै तीर्थ यात्राहरू पनि गराउने उनले बताए। शैक्षिक भ्रमणमा विशेषगरी कृषि, बागवानी र विभिन्न नर्सरीहरूको परिभ्रमण गराउने र तीर्थ यात्राहरूमा कामाख्या मन्दिर,उमाकान्त, लगायत वरपरका धार्मिक स्थलहरू समावेश गरिएको जनाए। यस अतिरिक्त उत्तर पूर्व उखु र बॉंस विकास परिषद् असम ङ्गियर कला र शिल्प समाजको पनि भ्रमण गराउने उनले जानकारी दिए। आज प्रस्थान गरेको टोलीलाई गेजिङ बर्मेक निर्वाचन क्षेत्रको तातोपानी ताकलाक वार्डकी पञ्चायत सदस्य चन्द्रमाया राईले लेक्शेपमा खादा लगाएर विदाई दिएकी थिइन। उनले यसरी गाउँका नागरिकहरूलाई लगेको तेस्रोपटक रहेको पनि बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement