क्लब महिन्द्राको पहलमा नि:शुल्क आँखा जॉंच शिविर

IMG-20230305-WA0257.jpg

गान्तोक: क्लब महिन्द्रा, लि-विन्टुना रानिपुल, नाम्लीद्वारा आँखा उपचार दिव्य उपचार भन्नै नाराका साथ अप्टिमा भिजन माझीटारसँगको संयुक्त पहलामा बिक्षस्पती उच्चत्तर माध्यामिक पाठशालाको प्रांगणमा एकदिने नि:शुल्क आँखा जॉंच शिविर आयोजन गरियो।
बिहान १० बजेदेखी औपचारिक रुपमा शुरू भएको कार्यक्रममा श्रम विभागका अध्यक्ष गंगा पर्साई, पञ्चायत सभापति सोनामित लेप्चा, प्रधानाध्यापिका संध्या शर्मा, क्लिक महेन्द्रका महाप्रबन्धक विक्रम चण्डेल, मानव संसाधन प्रबन्धक डम्बर सिंह रुञ्चाल क्लबका बलिष्ठ अधिकारीहरुको उपस्थिति थियो।
यस अवसरमा नेत्ररोग विशेषज्ञ भीआर राव, मम्पी विश्वास, प्रवीणा अधिकारी, पपन वनिक र बब्लु रेको उपस्थिति थियो।
आँखा जॉंच शिविर नि:शुल्क र सेवाको भावनाले आयोजन गरिएको थियो। जसमा पढ़ने समस्या भएका १५० भन्दा बड़ी बिमारीलाई आवश्यकता अनुसार नि: शुल्क आँखा परिक्षण, औषधि वितरण, सुगर परीक्षण र रिडिड चश्मा नि: शुल्क उपलब्ध प्रदान गरियो। आँखा जॉंच शिविरमा कुल २८७ जना आँखा रोगीहरूले नि: शुल्क सेवाबाट लाभ उठाए।
सोप सेवादल, एनसीसी क्याडेट र स्कूल व्यवस्थापनबाट पानी वितरण, अनुशासन कायम राख्ने, स्वास्थ्य परीक्षण दर्ता सेवा लगात अन्य सेवामा सङ्लग्न थिए।
कार्यक्रमको समापनमा आयोजक समितिको तर्ङ्गबाट सबै चिकित्साकर्मी, विधालय व्यवस्थापन, आमन्त्रित अतिथिहरुलाई माल्यार्पण तथा स्मृति चिन्ह प्रदान गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *