कलुकमा अन्तराष्ट्रीय महिला दिवस रनअप आयोजित

IMG-20230305-WA0244.jpg

गान्तोक: सोरेङ जिल्ला अन्तर्गत कलुकको खण्ड प्रशासनिक केन्द्रमा अन्तराष्ट्रीय महिला दिवस रनअप कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। यस अवसरमा पञ्चायत सभापति, खण्ड विकास अधिकारी लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। उक्त कार्यक्रम अन्तर्गत मेघीडाँडादेखि खण्ड प्रशासनिक केन्द्रसम्म शान्ति ऱ्याली आयोजना गऱ्यो। सो कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य कलुक बीएसी अन्तर्गतका सबै पाँच वटा ग्राम पञ्चायत यूनिटका महिलाहरूको कामलाई उजागर गर्नकोसाथै उनीहरूको समाजप्रतिको इमानदारी र समर्पणको लागि सम्मान जनाउनु रहेको थियो। प्रत्येक जीपीयूबाट बाट एक-एक जना महिला सम्मानको निम्ति चयन गरिएको थियो। कार्यक्रममा कविता लेखन, स्लोगन लेखन र चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो जसमा दसवटा सरकारी विद्यालयका विद्यार्थीले भाग लिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै खण्ड विकास अधिकारी प्रमिला गुरुङले नारी जातिको महत्वबारे साथै महिला सशक्तिकरणको बारेमा प्रकाश पारिन्। उनले विद्यार्थीहरूलाई जिम्मेवार व्यक्तिको रूपमा अघि बढनको साथै समाजको उत्थान हेतु काम गर्न प्रोत्साहित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement