आगामी पञ्चायत चुनावलाई लिएर हाम्रो पार्टी खरसाङको सांगठनिक सभा सम्पन्न

IMG-20230305-WA0193.jpg

खरसाङ: ग्रामीण स्तरसम्म जनताको राज आउनपर्छ भन्ने उद्देश्यले हाम्रो पार्टीको खरसाङ ब्राञ्च कमिटीले आफ्नो चुनावी कार्यक्रमलाई तीव्र रूप दिने काम शुरू गरेको छ।हाम्रो पार्टी खरसाङ ब्राञ्च कमिटीको सभापति अल्फ्रेट तामाङको विशेष उपस्थितिमा खरसाङ पार्टी कार्यालयमा एक सभा सम्पन्न भयो। आयोजित सभामा खरसाङ ब्राञ्च कमिटी सभापति अल्फ्रेट तामाङ लगायत सचिव विमल तामाङ, प्रमुख सल्लाहकार पूर्णबहादुर तामाङ, हाम्रो पार्टीको खरसाङ ब्लक चुनाव पर्यवेक्षक सुमन बम्जन आदि उपस्थित रहेको थियो।सभामा अब हुने पञ्चायत चुनावमाथि धेरै लामो चर्चा परिचर्चापछि खरसाङ महकुमा अन्तर्गत जति पनि समष्टिहरू छन् ती समष्टीहरूबाट दुई-दुईजना नेतृत्वहरूलाई लिएर ब्लक चुनाव कमिटीको गठन गर्ने कार्य गरिएको छ। हाम्रो पार्टीले आफ्नो गठनकालदेखि नै दार्जीलिङ पार्वतीय क्षेत्र लगायत प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमा जनताको राज आउनपर्छ भन्दै आईरहेको छ। दार्जीलिङ पार्वतीय क्षेत्रहरूमा विगत धेरै सालदेखि पञ्चायत चुनाव नभएको कारणले गर्दा पहाडको ग्रामीण क्षेत्रहरूमा आजसम्म विकास पुग्न सकेको छैन भन्दै पहाडको ग्रामीण क्षेत्रहरूमा बसोबासो गर्ने मानिसहरू बुनियादी सुविधाहरूदेखि बञ्चित हुँदै आईरहेका छन्। हाम्रो पार्टीको अध्यक्ष अजय एडवार्डले ग्रामीण क्षेत्रहरूमा आफ्नो भ्रमणकालको अवधि स्थानीय मानिसहरूको दु:खेसोहरू सुनेपछि आफ्नो बल बुतामा बाटो खन्ने कार्यहरू गर्दै आईरहेका छन्। पहाडमा धेरै यस्ता गाउँहरू पनि छन, देश स्वाधीनता भएको यतिका बर्षहरू विति सक्दा पनि गाउँमा बाटो पूग्न सकेको छैन, पिउने पानीको ब्यवस्था हुन सकेको छैन ती गाउँहरूमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले आफ्नो निजी कोषबाट बाटो खनी दिएका छन् भने पिउने पानीको व्यवस्था गर्दै आईरहेका छन्। जनताले भोग्दै आएको समस्याहरूको समाधान गर्न ग्रामीण स्तरसम्म विकास पूराउने कार्य सरकार एंव ब्यवस्थाको हो। हाम्रो पार्टीले जनताको राज भन्दै आईरहेको छ। जनताको राज हामीले ल्याउन समक्ष भयौं भने पहाडको कुना काप्चाहरूमा विकास पूग्नेछ। अब हुने पञ्चायत चुनावमा हाम्रो पार्टीले ग्रामीण स्तरसम्म विकास पुराउन कम्बर कसेको छ।जनताको राजमा जनता मालिक हुनेछ भनी हाम्रो पार्टी सुत्रले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *