सिलगढी: अब भारत–चीन नाथुला सीमा रेलले जोडिने भएको छ। भारतीय रेलमन्त्री अश्विनी वैष्णव आइतबार सिलगढीको बागडोग्रा हवाइअड्डा पुगेका छन्। बागडोग्रा हवाइअड्डाबाट उनी सोझै सिक्किम प्रस्थान गरे। बागडोग्रा विमानस्थलमा पत्रकारलाई सम्बोधन गर्दै उनले गान्तोकदेखि नाथुलासम्म रेल लाइन कसरी बिछ्याउन सकिन्छ भन्नेबारे आफूले निरीक्षण गर्ने बताए। यसका साथै उनले छिट्टै सेवक-रम्फू रेलमार्गको निरीक्षण गर्न आउने बताए। रेलमार्ग विस्तारमा यो रेलमार्ग नाथुलासम्म जोडिएमा सेनालाई रसद जुटाउन निकै सहज हुने रेलमन्त्रीको भनाइ छ।