दार्जीलिङ: ग्रामीण स्तरसम्म जनताको राज आउनु पर्छ भन्दै हाम्रो पार्टीको खरसाङ शाखा समितिले आफ्नो चुनाव कार्यक्रमलाई तीव्र रूप दिने काम शुरू गरेको छ। हाम्रो पार्टी खरसाङ शाखा समितिका अलफ्रेड तामाङको उपस्थितिमा खरसाङ पार्टी कार्यलयमा सभा सम्पन्न भयो। सभामा अलफ्रेड तामाङलगायत सचिव विमल तामाङ, प्रमुख सल्लाकार पूर्ण बाहादुर तामाङ, हाम्रो पार्टीको खरसाङ ब्लक चुनाव पर्यवेक्षक सुमन बम्जन आदि उपस्थित थिए। सभामा अब हुने पंचायत चुनावमाथि चर्चा परिचर्चापछि खरसाङ महकुमाअन्तर्गतका समष्टिहरूबाट दुई दुईजना नेतृत्वहरूलाई लिएर ब्लक चुनाव समिति गठन गरिएको छ।