सिलगढी: उत्तर बङ्गाल पर्यटन विभागको आयोजनामा ३ मार्च देखि ९ मार्चसम्म सप्ताहव्यापी चरा महोत्सव सप्पन्न भइरहेको छ। राज बासुले संचालन गरेको यस कार्यक्रममा अन्य देशहरु भुटान, नेपाल, बाङ्लादेशबाट आएका प्रतिनिधिहरूले आआफ्नो देशमा पाइने चराबारे जानकारी गराउनेबारेमा बताएका छन्। उत्तर बङ्गल पर्यटन विभागका निर्देशक ज्योति घोषले चरा अनि वन्यजन्तुको सरक्षणसँगै पर्यटन क्षेत्रलाई अघि बढाउन नै यस्तो कार्यक्रम हरेक वर्ष आयोजना गरिने बताइएको छ। यस वर्षको सात दिने चरा महोत्सव कार्यक्रममा कोलकाता, दिल्ली, मुम्बई, बंगलोर साथै देशबाट आएका फोटोग्राफरहरुले चरा संरक्षणबारेमा वक्तव्य प्रस्तुत गरे।