दार्जीलिङ: पर्जा पट्टाको नाममा यहाँ भोटको राजनीति हुँदैछ भनी हाम्रो पार्टीको केन्द्रीय कमिटि सदस्य लाडुप घिसिङले बताएका छन्। हाम्रो पार्टीको केन्द्रीय कमिटिको टोलीले थर्बु चिया बगानको प्रबन्धक कार्यालयको अधिकारीहरूसँग भेट गरयो। भेटवार्तापछि हाम्रो पार्टीको केन्द्रीय कमिटि सदस्य लाडुप घिसिङले गत केही अघिदेखि दार्जीलिङ पार्वत्य क्षेत्रहरू लगायत तराई डुवर्स आदि क्षेत्रहरूमा पर्जा पट्टा र चिया श्रमिकहरूको आई कार्ड आदि जस्ता विषयहरूमाथि धेरै चर्चा परिचर्चाहरू चुलिन्दै आई रहेको छ र यी विषयहरूमा बुझ्न र जानकारी लिन आफुहरू यहाँ आएको घिसिङले बताए। उनले अघि भने, ‘थर्बु चिया बगानको कार्यालय अधिकारीहरूसँगको कुराकानीमा यहाँ पर्जा पट्टाको विषयमाथि कुनै प्रकारको निर्देश नआएको बताए। पट्टा दिएमा श्रमिकहरूले पाउनेछ तर त्यो पट्टा शरणार्थी पट्टा हो। हामी शरणार्थी पट्टा कदापी स्वीकार गर्ने छैनौं।थर्बु चिया बगानको धेरै जस्तो जमीन मिरिक नगरपालिकाको अधीनमा पर्छ तर नगरपालिका क्षेत्रको जमीनहरूमा राज्य सरकारले निजेर गृह,नीजेर भूमि अनुरूप पाँच डेसिमल जमीनको पर्जा पट्टा वितरण गर्ने कार्य भई सकेको छ। त्यहाँ पनि हाम्रो चिया श्रमिकहरू बसोबासो गर्छन् फेरि त्यहाँ पर्जा पट्टा वितरण गरेको खण्डमा डबल पर्जा हुनेछ। त्यसैले हतारमा गरेको कुनै पनि काम राम्रो हुँदैन। यो कुरा श्रम विभाग,भूमि सुधार विभाग,श्रमिक संगठन,जीटीए सबैले बुझ्नुपर्छ। अहिले नै यी समस्याहरूको समाधान नगरिए भोलिको दिनमा यसले विवाद सृजना हुनेछ। शरणार्थी पट्टाले भोलिको दिनमा हामीलाई के गर्छ भन्ने विषयबारे हामीले अघिबाटै अवगत गराउने काम गरिसकेका छौं।’
लाडुप घिसिङले अझ भने, ‘यहाँ चिया श्रमिकहरू मात्र छैनन्। सरकारी कर्मचारी एंव अधिकारीहरू पनि छन्। उनीहरूले यो शरणार्थी पट्टा के गर्छन? उनीहरूलाई शरणार्थी पट्टाले सुझाउँछ? अहिले श्रमिकहरूलाई आई कार्ड वितरण गरिन्दैछ अनि उक्त आई कार्डमा श्रमिकको नाम र फोटो टाँसिएको छ। त्यसमाथि श्रमिकको ईपीएफ नम्बर,आधार नम्बर उल्लेख गरेको छ। तर जन्म मिति आदि जस्ता विषयहरू कताई उल्लेख गरेको छैन। तर आई कार्डमा मुख्यमन्त्रीको फोटो समेत टाँसिएको छ। यहाँ भोटको राजनीति गर्दैछ। यहाँका मानिसहरूलाई जे गर्दा पनि हुन्छ। यहाँ हामीले खेतला राखेका छौं भन्ने राज्यको सत्ता पक्ष राजनीति दलले गर्दैछ तर हामी यो कदापि स्वीकार्ने छैनौं। हाम्रो भाग्य अनि हाम्रो भावी सन्तानको भाग्यसंग खेलवाड गर्ने काम नगरोस्।’
राज्यको श्रम विभागले श्रमिकहरूलाई यस्तो आई कार्ड जारी गर्न अघि कुनै श्रमिक संगठनहरूलाई बैठकमा बोलाएनन्। शायद भागोप्रमोको श्रमिक संगठनलाई बोलाए होला।श्रमिक संगठनहरूसंग सर सल्लाह नलिई यस्तो प्रकारको कार्य गर्न नियमको विरूद्व हो साथै दार्जीलिङ तराई डुवर्स एंव प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमाथि यो भन्दा ठूलो थिचोमिचो अरू केही नरहेको घिसिङले बताए।हाम्रो पार्टी केन्द्रीय कमिटि सदस्य लाडुप घिसिङले अघि भने पहाडमा अहिले यो सबै कार्यहरू हुँदैछ। यो सबैको दाहित्व भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा रहेको बताए। भागोप्रमोले चुनाव जित्यो बिजुलीको बील भूक्तान गर्न लगाए। त्यो पनि विचारा पहाडवासीले तिरयो। पहाडको शिक्षा व्यवस्थालाई सुधार गर्ने कुरा गरेका थियौं तर अब पहाडको धेरैवटा स्कूलहरू बन्द हुने छाँट देखा पर्दैछ। चूनावको अवधि नोकारी दिन्छु भनेर स्वयम् सेवक शिक्षक युवा भाइ बहिनीहरूलाई तिमीले झण्डा बोकाएका थियौं अब उनीहरूको भविष्य के होला?तिमीले चोर दैलोबाट नोकारीमा छिराएको थियौं। अब उनीहरूको भविष्य के होला भन्दै लाडुप घिसिङले प्रश्नमाथि प्रश्न तेर्साएका छन्।