लुम्सेमा शुरू भयो युनिटी ओपन फुटसल प्रतियोगिता

Screenshot_20230305_225615_Samsung-Internet.jpg

गान्तोक: लुम्से युथ क्लबको पहलमा आजदेखि लुम्सेस्थित माउन्ट जियोन स्कूलको मैदानमा युनिटी ओपन फुटसल प्रतियोगिता शुरू भयो। आजको कार्यक्रममा मुख्य अतिथिकोरूपमा एसकेएम पार्टी गान्तोक युथका अध्यक्ष तेञ्जिङ दोर्जी भोटिया रहेका थिए। आजदेखि शुरू भएको भएको यस प्रतियोगिताको फाइनल खेल आगामी ११ मार्चको दिन हुने आयोजक समितिले जानकारी गराएको छ भने यस प्रतियोगितामा कूल ५३ वटा टोलीले सहभागिता जनाएको छ। पत्रकारहरूसँग कुराकानी गर्दै मुख्य अतिथि तेञ्जिङ दोर्जी भोटियाले युवाहरूलाई नशालु पदार्थ साथै कुलतबाट टाटा राख्नको निम्ति यस प्रकारको खेलले धेरै सहयोग पुऱ्याउन सक्ने मन्तव्य प्रकट गरे। उनले सर्वप्रथम यस प्रकारको प्रतियोगिता आयोजना गरेकोमा आयोजक समितिलाई धन्यवाद दिँदै युवाहरूलाई सही मार्गदर्शन दिनु पर्ने सुझाउ दिए। राज्यका युवाहरूलाई कुलततिर नलागेर खेलकूदको क्षेत्रमा लागेमा आफ्नो भविष्य बनाउन सकिने आग्रह गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *