मेघालय र नागाल्याण्डका मुख्यमन्त्रीहरूको शपथग्रहण समारोहमा मुख्यमन्त्री तामाङलाई निम्तो

CollageMaker_202335224425745.jpg

गान्तोक: मेघालय अनि नागाल्याण्डका मुख्यमन्त्रीहरूको शपथ समारोहमा सामेल हुन निम्तो राज्यका मुख्यमन्त्री पीएस तामाङलाई आएको छ। मेघालयका निर्वाचित मुख्यमन्त्री कोरराड साङ्गा अनि नागाल्याण्डका निर्वाचित मुख्यमन्त्री निफिउ रियोले मुख्यमन्त्री तामाङलाई निमन्त्रणा पठाएका छन्। दुवै राज्यका मुख्यमन्त्रीहरूको शपथ कार्यक्रम ७ मार्चको दिन रहेको छ। जसमा मेघालयमा कोरराड साङ्गाले मुख्यमन्त्रीको पद अनि गोपनीयताको शपथ लिने कार्यक्रममा भने प्रधानमन्त्री नरेन्द्र मोदीको गरिमामय उपस्थिति रहने निमन्त्रणामा उल्लेख गरिएको छ। जानकारी गराइन्छ, २ मार्चको दिन मेघालय, नागाल्याण्ड अनि त्रिपुरामा विधानसभा चुनाउको मतगणना भएको थियो। नागाल्याण्ड अनि त्रिपुरामा भारतीय जनता पार्टीको गठबन्धनलाई स्पष्ट बहुमत हासिल भएको छ भने मेघालयमा नेशनल पिपुल्स पार्टीसँग भाजपाको गठबन्धनको जीत भएको छ। यहाँ भाजपाले तीनवटा आसनबाट जीत हासिल गरेको छ। ७ मार्चको दिन मेघालय अनि नागाल्याण्डमा मुख्यमन्त्री पदको हण समारोह आयोजन गरिएको छ भने त्रिपुरामा आगामी ८ मार्चको शपथ ग्रहण कार्यक्रम हुने तय छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement