भागोप्रमोको घैयाबारी ग्राम पञ्चायत तीन स्तरीय कमिटी गठन

IMG-20230305-WA0239.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टी अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीन स्तरीय कमिटी गठनको लागि सांगठनिक सभा घैयाबारीको गैरी गाउँस्थित सार्वजनिक भवनमा सम्पन्न भएको छ। उक्त सभा भूतपूर्व सैनिक संगठन तीनधारे महानदी समष्टीको उप सभापति रमेस प्रधानको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभामा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री, समष्टी सभापति राजीव थापा, उपाध्यक्ष राजु लामा, समष्टीको नारी शक्ति सभापति निरा प्रधान, युवा शक्ति समष्टी सभापति केवल राई, महकुमा समितिको उप सभापति प्रेम प्रधान लगायत अन्यहरू उपस्थित रहेका थिए। यसै सभामा भागोप्रमो घैयाबारी ग्राम पञ्चायत तीन स्तरीय कमिटी गठन गरिएको छ। उक्त कमिटीमा मुख्य को-अर्डिनेटरको रूपमा प्रेम प्रधान चयन भएका छन्। त्यसरी नै सह को-अर्डिनेटरमा महेश छेत्री, शंकु खवास, नयाँ कमानबाट अनिल तामाङ, सिलिम हिलबाट युर्गेन तामाङ, जोगमायाबाट जीवन थापा चयन भएका छन्। त्यसरी कोषाध्यक्षको रूपमा नरेन राई, प्रचार प्रसार सचिव रमेश राई लगायत ८० जनाको कमिटी गठन गरिएको छ। सभापछि पत्रकारहरूलाई जानकारी गराउँदै भागोप्रमो तीनधारे महानदी समष्टीके सांगठनिक सचिव बिपन विश्वकर्मले विस्तृत रूपमा बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement