भाजपाद्वारा जेडीए कार्यालय घेराउ

32bb8930-c73a-49a8-932e-77c2922e6e97

कालचिनीः तृणमूलले विधायक अनि सांसदको घर घेराउ कर्मसूची पालन गर्दै आईरहेको प्रतिक्रिया स्वरूप भाजपाले पनि आजदेखि जेडीए कार्यालय घेराउ कर्मसूची पालन गरेका छन्। आईतबार जयगाउँ विकास प्राधिकरण अर्थात जेडीए कार्यालय अघि भाजपा समर्थकहरुले धरना प्रदर्शन गरेको थियो।
यस धरना कार्यक्रममा कालचिनी विधायक विशाल लामा लगायत भाजपा नेताहरू कृपाशंकर जयसवाल, विल्सन चम्प्रामारी, प्रदिप विश्व, पुष्कर लामा, श्याम प्रधान, ८ नम्बर मण्डल सभापति उत्तम लामा एवम् अन्यान्य नेतृत्वहरूको उपस्थिति रहेको थियो। जेडीएमा करोड़ों रुपियाँ आएको मात्र सुनिन्छ तर जयगाउँको पहाड़ र नदीहरूमा कटावको काम आजसम्म गर्न नसकेको भाजपा नेतृत्वहरूले आरोप लगाउँदै दुई दिनसम्म यो धरना प्रदर्शन गरिने जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement