नर्थ इस्ट मल्टीमीडिया क्याम्पेन भव्यरूपमा सम्पन्न

IMG-20230305-WA0247.jpg

गान्तोक: मानिसहरूलाई संगीतको माध्यमद्वारा एड्स रोग सम्वन्धि सचेत गराउने उद्देश्यले सिक्किम एड्स कण्ट्रोल सोसाइटीले गत २० जनवरीदेखि नर्थ इस्ट मल्टी मीडिया क्याम्पेन शुरू गरेको थियो। दुई महिना लामो जागरूक अभियानपछि आज यसको समापन कार्यक्रम राजधानीस्थित मनन केन्द्रमा सम्पन्न भयो। राज्यको विभिन्न स्थानमा गत २० जनवरीदेखि संगीतको माध्यमद्वारा मानिसहरूलाई एड्स रोग, नशालु पदार्थ सेवन र यसको नियन्त्रणबारे सचेत गराउँदै आइरहेको सिक्किम स्टेट एडस् कण्ट्रोल सोसाइटीका प्रोजेक्ट डायरेक्टर डा. ज्ञानेन्द्र सिन्चुरीले जानकारी गराए।

पत्रकारहरूसँग कुराकानी गर्दै उनले आजको फाइनल कार्यक्रममा मुख्य अतिथिकोरूपमा सिक्किम विधानसभाका अध्यक्ष अरूण उप्रेती रहेको बताउँदै यस कार्यक्रमको माध्यमद्वारा युवाहरूलाई विशेष ध्यान आकर्षण गराउन सक्ने अवगत गराए। देशको अन्य राज्यहरूको तुलनामा सिक्किममा एचआइभी रोगीहरूको संख्या कम रहेको उनले दावी गरे। आजको यस कार्यक्रममा सातवटा राज्यका विजेता व्याण्डहरूले गीत प्रस्तुत गर्नेछ भने सबै टोलीलाई पचास हजार गरेर प्रदान गरिने उनले घोषणा गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *