दोल र होलीमा मेट्रो कम चल्ने

Kolkata_Metro_CRRC_Dalian_rake_2.png

कोलकाता: दोल र होलीको उत्तर-दक्षिण मेट्रो कम चल्नेछ। यद्यपि, यी दुई दिनमा जोका- तारातला मेट्रो सेवा बन्द रहनेछ। उत्तर-दक्षिण मेट्रो सेवा दोलको दिन दिउँसो २.३० बजीदेखि शुरु हुनेछ। त्यस दिन ६० ट्रेन अप र डाउन चल्नेछ। यसमध्ये ५८ ट्रेन कवि सुभाष र दक्षिणेश्वरबीच चल्नेछ। त्यस दिन ईस्ट वेस्ट मेट्रोमा आधा घण्टाको अन्तरालमा २२ ट्रेन चल्नेछ। सेवा दिउँसो तीन बजीदेखि रात ८.२० बजीसम्म खुल्ला रहनेछ।
भोली पल्ट होलीको अवसरमा १८८ ट्रेन चल्नेछ। यसमध्ये १६४ ट्रेन कवि सुभाष र दक्षिणेश्वरबीच चल्नेछ। बिहानको सेवा निर्धारित समय बिहान ६.५० बजी शुरू हुनेछ। साताको अन्य कार्य दिवसहरूको कार्यक्रम अनुसार अन्तिम मेट्रो प्रस्थान हुनेछ। त्यस दिन ईस्ट वेस्ट मेट्रोमा निर्धारि ट्रेनको ठाउँ ९० ट्रेन चल्नेछ दिनको पहिलो र अन्तिम ट्रेन प्रस्थान समय साताको अन्य कार्य दिवस सरह अपरिवर्तित रहनेछ।

About Author

Advertisement