भारत स्काउट्स एण्ड गाइड्स एयर विङ्ग्सको आयोजनामा प्रमाणपत्र वितरण

2ad2cf59-485c-42f4-8ace-8cc9332fd910

कालचिनीः भारत स्काउट्स एण्ड गाइड्स अधीनस्थ एयर मार्शल सुब्रत मुखर्जी ओपन यूनिट एयर विङ्ग्स स्काउट्स एण्ड गाइड्स ग्रुपको तत्वावधानमा आईताबार राईमाटाङ चियाबारीमा एयर विङ्ग्समा प्रवेश औ प्रशिक्षण प्राप्त गरेका स्काउट्स एण्ड गाइड्सहरूलाई प्रमाणपत्र वितरण साथै अभिभावकहरूलाई राखेर क्वालिटी एजुकेशनमाथि चर्चा सम्पन्न भएको जानकारी भारत स्काउट्स एण्ड गाइड्स एयर विङ्ग्स प्रभारी घनस्याम उराँवले दिएका छन्।
यस अवसरमा मुख्य ‌अतिथिको रुपमा अलिपुरद्वार जिल्ला परिषदका बन औ भूमि कर्माध्याक्ष गणेश महली उपस्थित थिए भने विशिष्ट अतिथिमा भारत स्काउट्स एण्ड गाइड्स एयर विङ्ग्सका चेयरम्यान डा.कमल कुजूर लगायत प्रभारी घनश्याम उराँवको उपस्थिति रहेको थियो। सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण पश्चात अभिभावकहरूलाई लिएर कार्यशालाको पनि आयोजना गरीएको थियो। आगामी दिनमा एयर विङ्ग्स स्काउट्स एण्ड गाइड्सहरुलाई लिएर नेचर स्टडीको पनि आयोजना गर्ने योजना रहेको एयर मार्शल सुव्रत मुखर्जी ओपन यूनिट एयर विङ्ग्स स्काउट्स एण्ड गाइड्सका डिमा यूनिट प्रभारी घनश्याम उराँवले थप जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement