डायमन्ड हार्बर: आफ्नो नानीको हत्या गरी उसको मृतदेहलाई धानको बारीमा दफनाएर एउटा पिता भागेको छ। यो घटना दक्षिण २४ परगनाको उत्थी थाना क्षेत्रको डोमपाड़ा क्षेत्रको हो। मृत नानीको नाम रोहित शेख (७) हो। आरोपित पिताको नाम रफीकुल शेख हो। शनिवार राति भएको यस घटनाले क्षेत्रमा सनसनी फैलिएको छ ।स्थानीय एवं पुलिस सूत्रहरू अनुसार, देउला गाउँ निवासी रफीकुल शेख आफ्नै छोरालाई गाउँको धानको खेतमा लिएर गयो जहाँ उसले शनिवार राति उसको गला दबाएर हत्या गर्यो।हत्यापछि नानीको मृतदेहलाई धानको खेतमा दफनाएर भाग्यो। यसपछि आरोपित रफीकुलले स्वयं परिवारको एक करीबीलाई फोन गयो। उसले भन्यो, उसले आफ्नो छोरालाई मार्यो र त्यसलाई धानको खेतमा दफनायो। त्यसपछि परिजनले नानीलाई धानको खेतबाट निकालेर बनेश्वरपुर ग्रामीण अस्पताल लगे, जहाँ डाक्टरहरूले उसलाई मृत्त घोषित गरे। घटनाको जानकारी पाएपछि उत्थी थाना पुलिसले नानीको शवलाई उद्धार गरी पोस्टमार्टमको निम्ति डायमन्ड हार्बर पुलिस मोर्चरीमा पठाएको छ। पिताले आफ्नै छोराको यति निर्मम तरीकाले हत्या किन गयो, यसको पत्तो लाग्न सकेको छैन। क्षेत्रका निवासीहरूले बताए, रफीकुल शेख पेशाले भ्यान चालक हो। रोहित शेख उसको एउटै सन्तान थियो। अभावमा जीवन बिताईरहेको रफीकुल डिप्रेशनको शिकार थियो। यसले गर्दा उसले आफ्नै नानीको हत्या गर्यो औं भाग्यो त्यही, उस्थी थाना पुलिस आरोपित पितालाई खोज्नमा जुटेको छ।