अलिपुरद्वार: भाजपाको कालचिनी मण्डल १ ले आइतवार जयगाउँ विकास कार्यालय अगाडि विभिन्न मागहरूको लागि धर्ना दिए। हरेक वर्ष मनसुनमा जयगाउँमा बाढी आउने हुँदा कयौं घर खोलाले बगाउँछन्। यस विषयमा प्रशासनले कुनै पहल गरिरहेको छैन। वर्षाअघि जयगाउँ क्षेत्रको सर्वाङ्गीण विकासको मागसहित विभिन्न माग राखेर यो धर्नामा राखिएको थियो। सोमबार पनि हडताल जारी रहने भाजपा नेताहरूले बताएका छन्। भाजपा कालचिनी नम्बर १ मण्डलका अध्यक्ष राजेश क्षेत्रीले जयगाउँमा हरेक वर्ष वर्षामा बाढी आउने गरेको बताए। तोर्सा खोलाले बाँध भत्किँदा दलसिंहपाडा र साना बस्तीमा धेरै जग्गा र घर बगाएको छ। तर वर्षाअघि सुख्खायाममा बाढीको अवस्था नियन्त्रण गर्न प्रशासनले कुनै पहल गर्दैन।









