उत्तर बंगाल र दक्षिण बंगाल भए हाम्रो गोर्खाल्याण्ड हराएर जानेछ: अनित थापा

IMG-20230305-WA0099.jpg

सोनादा: उत्तर बंगाल र दक्षिण बंगाल भए हाम्रो गोर्खाल्याण्ड हराएर जानेछ भनी जीटीए चिफ् अनित थापाले आज सोनादामा बताएका छन्। उनले आज सोनादा पचेङ समष्टीको लागि पेय परियोजनाको शिलान्यास कार्यक्रमपछि पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिन्दै उक्त कुरा बताएका हुन्। पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिन्दै अनित थापाले भने, स्वभाव कसैलाई आलोचना गर्नु र टिका टिप्पणी गर्नु छैन। सबैले आफ्नो आफ्नो काम गरिरहेका छन् र हामी पनि आफ्नो काम गरिरहेका छौं। म कसैको काममा विरोध गर्दिन अनि कसैमाथि चर्चा पनि गर्दिन।”
उनले बंगाल विधान सभामा बंगाल विभाजनको विरोधमा होइन तर उत्तर बंगाल र दक्षिण बंगाल बनाउने कुराको विरोधमा प्रस्ताव पारित गरिएको भन्दै उत्तर बंगाल र दक्षिण बंगाल भए गोर्खाल्याण्ड हराएर जाने बताएका छन्। थापाले उत्तर र दक्षिण बंगाल भएमा गोर्खाल्याण्ड कहिले हुने भनी प्रश्न गर्दैे टेक्निकल कुरा हो र यो विषयमा बोल्नु चाहँदिन तर पहाड़लाई कसरी ठीक गरेर लानु र कसरी विकास गर्नु भन्ने विषयमा मात्र काम चाहान्छु भनी बताए। जीटीए चिफ् अनित थापालाई पर्चा पट्टा विषयमा सोधिएको प्रश्नको उत्तरमा उनले भने, पर्जा पट्टा सरकारले दिएको हो र यसमा कहीं नक्कली हुँदैन। यसमा मालिकलाई कहीं न कहीं नोक्सान छ कारण मालिकको दासत्वबाट मुक्त हुन्छ र मालिक पक्षले उक्साउने कार्य गर्नसक्छ। यसमा हाम्रो मान्छे सचेत रहनुपर्छ।’
उनले अझ भने,जीटीएले कहिले पनि गोप्य बैठक गर्दैन। पर्जा पट्टा विषयमा गरिएको बैठकमा जिल्ला शासस, भुमि सुधार विभाग र अन्यहरू उपस्थित थिए। यसमा जीटीएको विपक्षकोहरूले बोलाएन भनेर भन्न मिल्दैन कारण उनीहरूलाई जीटीए मन पर्दैन, जीटीएले केही दिनु सक्दैन, जीटीए खारेज हुनुपर्छ भन्छ तर फेरि जीटीएले गरेको सभामा बोलाएन भन्छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement