जीटीए चिफ् अनित थापाद्वारा सोनादा पचेङ समष्टीको लागि ५६ करोड़ बराबरको लागतमा पेय जल योजनाको शिलान्यास

IMG-20230305-WA0100.jpg

सोनादा: आज जीटीए चिफ् अनित थापाले सोनादा पचेङ समष्टीको लागि जल जीवन मिशन अन्तर्गत ५६ करोड़भन्दा बेसीको पेय जल योजनाको शिलान्यास गरेका छन्। उक्त योजना अन्तर्गत सोनादा फरेस्टक क्षेत्रका लागि १२.१८ करोड़, रिङटाङ चियाबारीको लागि ६.११ करोड़, सोनादा खास महल, रंगमुक , सिडर्स चियाबारी र रिङटङ चियाबारीको लागि ३८.२९ करोड़ गरी जम्मा ५६ करोड़ ५८ लाखको पानीको कामको शिलान्यास जीटीए चिफ् अनित थापाले आज गरेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सोनादा पचेङ समष्टीको सभापति सोनाम लामाले अध्यक्षता गरेको कार्यक्रममा प्रमुख अतिथिको रूपमा जीटीए चिफ् अनित थापा उपस्थित रहेका थिए। कार्यक्रमलाई चन्दन लकान्द्री, थिलेन लामा, प्रभात रसाईली र सबिना गिरीले सञ्चालन गरेका थिए। क्षेत्रीय सभासद एंव जीटीएको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापाले स्वागत सम्भाषण राखेको कार्यक्रममा पीएचई विभागको कार्यकारी अभियन्ता मणिरत्न मंग्रातीले वक्तव्य राखेका थिए। कार्यक्रममा सोनादा पचेङ समष्टीको विभिन्न विशिष्ट व्यक्तिहरूलाई सम्बर्ध्दना जनाइयो भने सोनादा पचेङ समष्टीको पक्षबाट जीटीए चिफ् अनित थापालाई सम्बर्ध्दना जनाइएको छ। सोनादा पचेङ समष्टीलाई लिएर सम्पन्न शिलान्यास कार्यक्रममा जीटीए चिफ् अनित थापाबाहेक जीटीएको भाइस चेयरम्यान राजेस चौहान, सभासदहरू सन्दीप छेत्री, नुरी शेर्पा अनि नारी शक्ति केन्द्रीय अध्यक्षा अनु प्रधान, जैतुन निशा खातुन, मैया ठकुरी, भागोप्रमो खरसाङ महकुमा सदस्य एनआर भोटिया लगायत अन्यहरू उपस्थित रहेका थिए। कार्यक्रममा विभिन्न कलाकारहरूले सांगीतिक प्रस्तुतिहरू पनि दिइएको थियो।

कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै जीटीए चिफ् अनित थापाले अाज सोनादा पचेङ समष्टीको जनतालाई जीटीए र सरकारबाट उपहार दिनलाई आज म आएको छु र यस समष्टीका जनताले प्रचुर भोट दिएर अनोश थापालाई जिताएका छन् र त्यो भोट खेर जाने छैन भनी बताए। उनले भने, हामीले यस समष्टीमा आउँदा सबैले पानीको समस्या देखाउने गर्थे अनि अाज यस समष्टीको लागि ५६ करोड़ बराबरको लगातमा पेय जल योजनाको आज शिलान्यास भएको छ।

जीटीए चिफ् अनित थापाले अघि भने, सरकारले दिएको पैसा सही ढंगमा प्रयोग हुनुपर्छ। पानीको काम राम्रो हुनुपर्छ। अब पानी प्रत्येक घरमा पुग्नेछ तर पानीको काममा क्वालिटीमा कन्फरमाइस गर्नु हुँदैन। किनभने काम क्वालिटीको भएन भने अनित थापाले गाली खान्छ। केही राम्रो भएन मलाई नै गाली गर्छ तर म सबैभन्दा बेसी गाली खाएर निस्केको नेता हो। तर काम राम्रो गर्नुपर्छ। काम गर्ने तरिका र सिस्टम राम्रो हुनुपर्छ। हाम्रो कार्यकर्ताहरूले राम्रो काम गर्नुपर्छ अनि प्रत्येकको घरमा पानी पुग्नुपर्छ तब पञ्चायत भोटमा सबैले दिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement