३ किलो, ३ फिट लामो हात्तीको दाँतसहित तस्कर पक्राउ

53335843-9f77-46ac-8502-92c9b624f9f6

सिलगढी: असमबाट डुवर्स हुँदै नेपाल तस्करी गर्नुअघि वन विभागको विशेष बलले ३ किलोग्राम तौलको हात्तीको दाँत बरामद गरेको छ। यस घटनामा एक तस्कर पक्राउ परेका छन्। लगभग तीन फिट लामो र तीन किलोग्राम तौल भएको हात्तीको दाँत तस्करहरूले १५ लाख रुपियाँमा बेच्ने योजना बनाएका थिए। तर, यसअघि जलपाइगढी बैकुण्ठपुर वन डिभिजनको बेलाकोबा रेन्जका रेन्ज अफिसर सञ्जय दत्तले तस्करलाई दाँतसहित पक्राउ गरेका थिए। गोप्य सूचनाका अनुसार सिलगढी नजिकैको तिनबत्ती मोड क्षेत्रमा छापा मारेर हात्तीको दाँत बरामद गरिएको थियो। दाँत बोरामा बोकेर हिँडिरहेको थियो। तर, यो घटनामा तस्कर भने भाग्न सफल भएको बताइएको छ। आरोपीलाई जलपाइगढी जिल्ला अदालतमा लगिनेछ। वन विभागका अधिकारीहरूले दाँत कसरी निकाले भन्नेबारे अनुसन्धान थालेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement