सुमित सिंहले बताए आफुले ममता ब्यानर्जीको अपमान सहन नसक्ने

CollageMaker_202334232954926.jpg

कोलकता: तृणमूल कङ्ग्रेसका कार्यकर्ता सुमित सिंहले कङ्ग्रेस नेता एवं अधिवक्ता कौस्तव बागची विरूद्ध प्राथमिकी दर्ता गरेका छन्। आफुले ममता ब्यानर्जीको अपमान सहन गर्नु सक्दिन भनी पनि बताएका छन्। सुमितले फेसबुकमा एउटा भिडियो देखेको र त्यस भिडियोमा मुख्यमन्त्रीलाई जसरी धम्की दिइएको थियो त्यो आफुलाई सही नलागेको बताए। त्यसपछि, बडतला थानामा गएर शुक्रवार राति प्राथमिकी दर्ता गरेको उनले बताए।
सुमितले प्राथमिकी दर्ता गर्न आफुमाथि कसैको दबाउ नरहेको पनि स्पष्ट बताए। उनले भने, म ममता ब्यानर्जीको अपमान सहन गर्न सक्दिन किनकि म तृणमूलको कार्यकर्ता हुँ। उनले कौस्तव जस्ता मानिसहरूलाई सजाय हुनुपर्छ भनी माग गरे। उल्लेखनीय छ, समितको शिकायतको आधारमा शुक्रवार राति पुलिसको टीमले कौस्तवको घर पुगेको थियो। त्यहाँ वाद-विवाद भएपछि पुलिस फर्केर आएको थियो र शनिवार बिहान उसलाई पक्राउ गरेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *