एडीसी र बीडीओहरूलाई आमा सशक्तिकरण योजनाका चेकहरू हस्तान्तरण

Screenshot_20230304_231222_Google.jpg

गान्तोक: सत्तारूढ़ एसकेएम पार्टीको ध्वजवाहक कार्यक्रम ‘सिक्किम आमा सशक्तिकरण योजना’ अन्तर्गत लाभार्थीहरूलाई वित्तीय सहायता प्रदान गर्ने कार्य शुरू गरिएको छ। लाभार्थी आमाहरूलाई उनीहरूका ब्याङ्क खातामा ट्रान्सफर अथवा चेकको माध्यमद्वारा वित्तीय सहायता प्रदान गरिँदैछ। महिला एवं बाल विकास विभागले जानकारी गराए अनुसार, एडीसी विकास र ३३ बीडीओहरूलाई लाभार्थीहरूका चेक हस्तान्तरण गरिएको छ। सरकारको नीति अन्तर्गत फिल्ड अफिसर र बीडीओहरूले लाभार्थी आमाहरूसम्म चेक पुऱ्याउने काम गर्नेछन्। साथै छेवैको एसबीएसमा उनीहरूको नाममा ब्याङ्क खाता खोलिदिने छन्।
लाभार्थी आमाहरूले सरकारप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनीहरूले उक्त वित्तीय सहायता आफ्ना नानीहरूको शिक्षा, सानो व्यापार, पशुपालन, कृषिमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्ति गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement