आईएलपीलाई लिएर प्रथम चरणको सुनुवाई

ilp_sikkim-sixteen_nine.jpg

गान्तोक: इनर लाइन परमिट (आईएलपी) लाई लिएर गठन गरिएको कमिटीले आगामी ६ मार्चको दिन राजधानीको चिन्तन भवनमा प्रथम चरणको जन सुनवाई गर्ने भएको छ। आज एउटा प्रेस विज्ञप्ति जारी गरेर कमिटीका अध्यक्ष शान्त प्रधानले यो जानकारी गराएका छन्। प्रेस विज्ञप्तिमा आईएलपीलाई लिएर संघ-संस्थाहरूबाट र व्यक्तिगत रूपमा धेरै कुराहरू कमिटी समक्ष आएको पनि उनले बताएका छन्। यस कारण अधिक स्पष्टता र समझका लागि कमिटीले ६ मार्चको दिन प्रथम चरणको जन सुनवाई गर्ने निर्णय लिएको उनले बताएका छन्।
अध्यक्ष प्रधानले ठाउँलाई ध्यानमा राख्दै जन सुनवाईमा प्रत्येक संघ संस्थाबाट पाँच-पाँच प्रतिनिधिहरू मात्र उपस्थित भइदिन आह्वान गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement