राज्यपालले बोलाए विभागीय अधिकारीहरूसँग बैठक

IMG-20230304-WA0261.jpg

गान्तोक: राज्यपाल लक्ष्मण प्रसाद आचार्यको अध्यक्षतामा आज राजभवनमा सम्पन्न एक उच्चस्तरीय बैठकमा सरकारको विभिन्न योजनाहरूबारे छलङ्गल गरियो। जसमा सिक्किम सरकारका तीन विभागहरू कृषि, शिक्षा र स्वास्थ्य अधिकारीहरूको उपस्थिति रहेको थियो। सो क्रममा सम्बन्धित सबै सचिवहरूले आ-आफ्ना विभागका कार्ययोजनाहरूको जानकारी गराए। कृषि विभागीय सचिव,जिग्मी दोर्जी भोटियाद्वारा पावर पोइन्ट प्रस्तुतीकरण गरिएको थियो। जसमा उनले विभागको योजनाबारे जानकारी गराए। राज्यपालले कृषकहरूले भोग्नुपरेका चुनौतीका बारेमा सम्बन्धित अधिकारीहरूसँग छलङ्गल गरे। उनीहरूको आवश्यकता पूरा गर्न काम गर्ने कुरामा जोड दिए। उनले सिक्किमका अर्गेनिक उत्पादनको ब्रान्डिङमा जोड दिने उल्लेख गरे। किसानहरूको आयस्रोत बढाउने र किसानलाई आम्दानीका नयॉं स्रोतहरू तयार गर्नुपर्ने बताए। राज्यपालले सिक्किमको जैविक खेतीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा बढावा दिनुपर्ने र प्रचारप्रसारमा जोड दिए। अन्तमा स्वास्थ्य सचिवद्वारा स्वास्थ्य सम्बन्धी योजनाहरूको बारेमा प्रस्तुतीकरण गरिएको थियो। राज्यपालले सिक्किमको स्वास्थ्य केन्द्रहरूको संख्या सोधे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *