शिक्षकवर्गलाई लिएर आयोजित दुई दिवसीय अभिमुखीकरण कार्यक्रमको समापन

IMG-20230304-WA0260.jpg

गान्तोक: राज्य शैक्षिक अनुसन्धान एवं प्रशिक्षण परिषद (एससीईआरटी) द्वारा पोक्सम र पोडगराड खण्ड विकास केंद्रको सहकार्यमा हिजोदेखि शुरु गरिएको आधारभूत संख्या एवं साक्षरता सम्बन्धी विद्यालयका प्रमुख अनि प्राथमिक शिक्षकहरूको दुइदिने अभिमुखीकरण कार्यक्रम आज समाप्त भयो। योक्समको थिकोड मेनसोलोङ सीनियर सेकेण्डरी स्कूलमा आयोजित यस कार्यक्रमको पहिलो दिन राज्य शैक्षिक अनुसन्धान एवं प्रशिक्षण परिषद्का संयुक्त निदेशक छिरिङ ल्हमु भोटिया, एससीईआरटीका सह-प्राचार्य डिकिला लेप्चा अनि लाबदाङ सीनियर सेकेण्डेरी स्कूलका प्रधानाध्यापक केवल शर्मा शोधवक्ताको रूपमा रहेका थिए। शोधवक्ता छिरिङ ल्हमु भोटियाले आधारभूत संख्या अनि साक्षरताबारे विद्यालयका प्रमुखहरूको भूमिका अनि जिम्मेवारीबारे जानकारी गराइन्। यसैगरी, शोधवक्ता डिकिला लेप्चाले पावर प्रोजेक्टको सहयोगमा एफएलएनलाई प्रभावी कार्यान्वयनको निम्ति अपनाइने विभिन्न शिक्षण विधिहरूमाथि जोर दिइन् भने लाबदाङ सीनियर सेकेण्डरी स्कूलका प्रधानाध्यापक केवल शर्माले प्राथमिक स्तरमा गणितलाई पाठ्यपुस्तकमा सामेल गरिएको विशेषताहरू अनि स्कूलमा नानीहरूलाई पढाउने प्रभावकारी तरिकाबारे प्रकाश पारे।
योक्सम अनि चोङ्गराङ खण्ड प्रशासनिक केन्द्रका लगभग ४३ प्रमुखहरू अनि शिक्षकहरूले यस तालिममा सहभागिता जनाएका थिए। पहिलो दिन मोठ सहभागी ७६ थिए भने दोस्रो दिन ६० जना रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *