पहिलो एनटीपीसी नेशनल ऱ्याङकिङ आर्चेरी प्रतियोगिताको समापन

IMG-20230304-WA0257.jpg

एसकेएम पार्टीले खेलकूदलाई प्राथमिकता दिँदैछः मन्त्री सोनम लामा

गान्तोक: आर्चेरी एसोसिएशन अफ् इन्डिया र सिक्किम आर्चेरी एसोसिएशनको संयुक्त पहलमा गत २४ फरवरीदेखि शुरू भएको पहिलो एनटीपीसी नेशनल ऱ्याङकिङ आर्चेरी प्रतियोगिताको आज समापन भयो। तीन वर्षदेखि निरन्तर प्रयास गरेपछि राज्यमा पहिलोपल्ट राष्ट्रीयस्तरीय प्रतियोगिताको आयोजना गरिएको हो। आजको समापन कार्यक्रममा राज्यका ग्रामीण विकास विभाग मन्त्री सोनम लामा मुख्य अतिथिकोरूपमा रहेका थिए भने यसरी नै खेलकद एवम युवा मामिला विभाग तथा सिक्किम आर्चेरी एसोसिएशनका अध्यक्ष मन्त्री केएन लेप्चा विशिष्ठ अतिथिकोरूपमा उपस्थित रहेका थिए। यस प्रतियोगितामा पद्मश्री पुरस्कारले सम्मानित अन्तराष्ट्रीयस्तरका खेलाडी तरूणदीप राई साथै दिपीका कुमारीले पनि प्रतिष्पर्धा गरेका थिए। आजको यस प्रतियोगितामा सिनियरवर्गमा तरूणदीप राई र दीपिका कुमारीले स्वर्ण प्राप्त गरे। सोही प्रकारले सिनियरवर्गको महिला खेलमा महेक जाकीरखानले स्वर्ण पदक हासिल गरे भने सृष्टि सिंहले रजत पदक हासिल गरिन्। यसरी नै सिनियर कम्पाण्ड मेनमा भगवान दासले स्वर्ण पदक प्राप्त गर्न सफल बने भने मिहिर नितिन अपारले रजत पदक प्राप्त गरे। यसरी नै सिनियक कम्पाउण्ड महिला वर्गमा रागिनी मार्कोले स्वर्ण पदक र अक्सिताले रजत पदक हासिल गरिन्। पत्रकाहरूसँग कुराकानी गर्दै मन्त्री सोनम लामाले एसकेएम पार्टी सरकारमा आएपछि खेलकूद लगायत अन्य क्षेत्रलाई प्राथमिकता दिँदै आइरहेको बताए। हाल विभिन्न स्थानमा खेलकूदको निम्ति मैदान बनाउने कार्य चलिरहेको अवगत गराए। एसकेएम पार्टी सरकारमा आउन भन्दा नाम्चीको भाइचुङ स्टेडियमको अवस्था दयनीय रहेको थियो तर एसकेएम पार्टी सरकारमा आउनसाथ उक्त स्टेडियमको निर्माण कार्य युद्धस्तरमा शुरू गरेको र अहिले त्यहाँ विभिन्न प्रकारको खेलकूद सम्पन्न भइरहेको जानकारी गराए। उनको भनाइ अनुसार मुख्यमन्त्री स्वयं खेलकूदप्रति चासो राख्ने भएकोले हाल खेलकूदको क्षेत्रमा तीब्ररूपमा विकास भइरहेको उनको भनाइ रहेको छ। यस प्रकारको राष्ट्रीयस्तरको प्रतियोगिता आयोजना गरेकोमा उनले आयोजक समितिलाई धन्यवाद साथै बधाई दिए। राज्य सरकारको पहलमा यसरी राज्यमा पद्मश्री पुरस्कारले सम्मानित खेलाडीहरूले खेल्ने अवसर पाए र उनीहरूको खेलबाट राज्यका खेलाडीहरूले पनि धेरै कुरा सिक्ने अवसर प्राप्त गरेको अवगत गराए। तरूणदीप राईको नाममा आर्चेरी एकादमीको निर्माण गरिने र हाल यसको प्रक्रिया चलिरहेको बताए। आजको खेलमा विजयी खेलाडीहरूलाई उनले बधाई दिँदै अन्य खेलाडीहरूले पनि मेहनत गरेमा अवश्य पनि भविष्या स्वर्ण पदक हासिल गर्न सक्ने उनले थप जानकारी गराए।आजको यस कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, खादी बोर्डकी अध्यक्ष छुङछुङ भोटिया लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *