अवैध रूपमा पशु लगेर गइरहेको ट्रक पक्राउ

barandbench_2020-06_550b2006-3162-438f-9b94-e0230be5352a_Cow_Slaughter.jpg

गुवाहाटी: गुवाहाटीको जोराबाट पुलिस चौकी टीमले गुप्त सूचनाको आधारमा अभियान चलाएर अवैध रूपले १४ पशु लिएर गईरहेको एउटा ट्रकलाई जफत गरेको छ। पुलिसले शनिवार जानकारी गराएको छ, आज दिउँसो गुप्त सूचनाको आधारमा जोराबाट पुलिस चौकी प्रभारी कपिल पाठकद्वारा चलाइएको अभियानमा मोरीगाउँबाट मेघालयको पशु बजारसम्म गईरहेको ट्रक (एएस ०१ ईसी-६९७८) को जोराबाटदेखि पछ्याएर बाह्र माइल क्षेत्रमा जफत गरियो। यस मामिलामा पुलिसले ट्रक चालक, खलासी र एक पशु तस्करलाई पक्राउ गरेको छ। पक्रा परेको ट्रक चालकको पहिचान मोरीगाउँ जिल्लाको हिफिज अपील, खलासी नयन ज्योति काकती र पशु तस्कर मोहम्मद काफिलको रूपमा गरिएको छ पुलिसले ट्रक जफत गरेको छ। पशु तस्करद्वारा प्रयोग गरिरहेको स्विफ्ट कार (एएस ०२ एडी २१६४) लाई पनि पुलिसले जफत गरेको छ।जफत गरिएको ट्रकमा अवैध तरीकाले २१ पशुलाई पशु बजारसम्म एकदमै कुशल तरीकाले खाली कार्टूनको बाकसमुनि लुकाएर लगिन्दैथियो। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *