कुचबिहार: सीमा सुरक्षा बल (बीएसएफ) को जलपाईगढ़ी सेक्टर अन्तर्गत चेडराबान्धामा सीमावर्ती क्षेत्रमा तैनात सीमा सुरक्षा बलको एन्टी ह्यूमन ट्रैफिकिङ यूनिटका प्रहरीहरूले मेखलीगञ्ज पुलिसको मद्दतले बेपत्ता एक नाबालिग केटीलाई उद्धार गरेको छ।यसरी उद्धार गरेर सो नाबालिग केटीलाइ उसका परिजनहरूलाई सुम्पेका छन्।
नाबालिग केटीलाई बिहारको पटना अन्तर्गत वशियारपुरबाट उद्धार गरिएको छ। शनिवार बीएसएफले प्रेस विज्ञप्ती जारी गरी यसको जानकारी दियो जानकारी अनुसार, २६ फरवरीको दिन कुचबिहारको चेहराबान्धा क्षेत्र निवासी नाबालिग बजार गएकी थिइन् जहाँबाट उनी बेपत्ता भएकी थिइन् । नाबालिग केटीका परिजनहरूले मेखलीगञ्ज थानामा लिखित शिकायत दर्ता गराए। जसपछि मेखलीगञ्ज पुलिसले बीएसएफको एन्टी ह्यूमन ट्रैफिकिङ युनिटको मद्दतले नाबालिग केटीलाई उद्धार गरी शुक्रवार सुरक्षित उसका माता-पितालाई सुम्पियो। नाबालिगका परिजनहरूले बीएसएफको यस त्वरित कारबाहीको सराहना गरेका छन्।