सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले पहाडी माताको मन्दिरमा पूजाअर्चना

CollageMaker_202334215039856.jpg

सिलगढी: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले शनिबार सिलगढी नजिकैको फनसीदेवामा रहेको लुसीपाकुडी पहारी माता मन्दिरमा पूजा गरे। सो अवसरमा उनले ११ कुमारी कन्याको पूजा समेत गरेका थिए ।त्यसपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यहाँको मन्दिरमा पूजापाठ गरेपछि निकै राम्रो महसुस भएको बताए। उनी लामो समयदेखि यहाँ आउन चाहन्थे। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आगामी दिनमा पनि यस मन्दिरमा पूजा गर्न आउने पर्यटकका लागि व्यवस्था गरिने बताए। यसका लागि आवश्यक जग्गा उपलब्ध गराउने विषयमा पनि उनले मन्दिर समितिसँग छलफल गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement