ओडिशाबाट सिक्किम भ्रमणमा आएका टोलीले गऱ्यो दक्षिण सिक्किमको भ्रमण

photo-4

गान्तोकः राष्ट्रिय प्रविधि संस्थान राभाङ्लाद्वारा आयोजित शिक्षा मन्लालयअन्तर्गत एक भारत श्रेष्ठ भारत कार्यक्रमको दुईदिने युवा संगम कार्यक्रम आज समाप्त भयो। समापन कार्यक्रममा ओडिशाबाट आएका प्रतिनिधि टोलीले नाम्ची जिल्लाका विविध पर्यटन स्थलहरूको भ्रमण गन्यो।

ओडिशाका विभिन्न कलेजबाट ५ समन्वयकहरूसँगै मोठ ३१ विद्यार्थी रहेको यस टोलीसँग एनआईटीका नोङल अधिकारी राम नेपाल, साथै एनआईटी राभाङ्लाका कर्मचारीहरू रहेका छन्‌। यी विद्यार्थीहरूले तिमी चिया ‘बगानबाट आफ्नो यात्रा शुरु गर्दै त्यहाँको प्रसंसकरण एकाईको जानकारी लिए। सिक्किमको एक मात्र जैविक चिया बगानमा अर्थोडक्स प्रक्रियामार्फत चिया उत्पादन हुनेबारे विद्यार्थीहरूलाई टुरिस्ट गाइड सरोज राईले जानकारी गराए।

ती विद्यार्थीहरूले क्षेत्रको होम स्टे, जैविक खेतीबारे उद्यमी अनि कृषकहरूसँग कुराकानी गरे अनि पछि सिद्धेश्वरी धामको दर्शन गरे। आगामी दिनहरूमा औओडिसाको यस प्रतिनिधि टोलीले गान्तोकको भ्रमण गर्नेछ। ‘एक भारत, श्रेष्ठ भारत’, युवा संगमले जनताहजनताबीचको सम्बन्धलाई मजबुत बनाउने, पूर्वोत्तर राज्यहरूको जीवन्त संस्कृतिलाई मूलधारामा ल्याउने र ज्ञान आदान-प्रदानका लागि प्रशस्त एक्सपोजर र अवसर ल्याउने उद्देश्यले यस कार्य भएको बताइन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement