पाँत दिवसीय ३८औं राष्ट्रिय साहसिक कार्यक्रमको समापन

IMG-20230304-WA0236.jpg

खरसाङ: राष्ट्रिय साहसिक संस्थान् भरत स्काउट्स एण्ड गाइन्ड खरसाङ दार्जिलिङको तत्वावधानमा खरसाङमा आयोजित पाँच दिवसीय ३८औं राष्ट्रिय साहसिक कार्यक्रमको समापन भएको छ। उक्त कार्यक्रममा अखिल भारतीय दलित परिसंघका उपाध्यक्ष शंकर रावत अतिथिको रूपमा उपस्थित रहेका थिए। झारखण्ड, दक्षिण पूर्वोत्तर रेलवे एंव उत्तर प्रदेश जम्मा २१ प्रतिभागीहरूले सहभागिता जनाएका थिए। यस अवसरमा विद्यार्थीहरूले विभिन्न रंगारंग सांस्कृतिक कार्यक्रम अन्तर्गत गीत र नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा पाँच दिवसीय शिविरको रिपोर्ट संस्थानको प्रमुख विवेक कुमार दासले पेश गरेका थिए। दासले जानकारी गराए अनुसार पाँच दिवसीय शिविरमा सहभागीहरूलाई खरसाङको ईगल क्र्याग ( दुर्बिन डाँड़ा), दार्जिलिङ मार्केट, रेलवे स्टेशन, डाउहिल, बरबुङस्थित हनुमान डाँड़ा, गिध्द पहाड़स्थित नेताजी म्युजियम, दार्जिलिङको हिमालयन माउण्टेरिङ इन्स्टीट्युट, बतासे लुपसहित विभिन्न पर्यटकीय स्थलहरूका परिभ्रमण गराइएको छ। त्यसरी नै प्रतिभागीहरूलाई पार्वतोरोहण, तिर अन्दाज, राइफल्स सुटिङ लगायत अन्य साहसिक खेलहरू पनि सिकाइएको थियो। कार्यक्रममा व्याकवुड्सम्यान कुकिङको अन्तिम परिणाम अनि शिविरको सर्वश्रेष्ठ सहभागीहरूका घोषणा गरिएपछि बिजय पाण्डय दलसहित सबै प्रतिभागीहरूलाई प्रशंसास्वरूप स्मृति चिन्ह्र प्रदान गरिएको छ। उक्त पाँच दिवसीय राष्ट्रिय साहसिक कार्यक्रममा सहयोग गर्ने सबैप्रति कार्यालय साहयिका कञ्चन रायले आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement