सिलगढी विद्यार्थी स्वास्थ्य गृहको पहलमा आजदेखि योग प्रशिक्षण शिविर सुरु

78fab5ac-acca-4076-8645-61ac5accc4d8

सिलगढी: सिलगढी विद्यार्थी स्वास्थ्य गृहको पहलमा विद्यार्थीहरूलाई स्वस्थ राख्न आजदेखि योग प्रशिक्षण शिविर सुरु भएको छ। विद्यार्थी स्वास्थ्य गृहका पदाधिकारीले शनिबार दिउँसो दिप प्रज्वलन गरी तालिम शिविरको सुरुवात गरेका हुन् । यस दिन शिविरमा उपस्थित उत्तर बङ्गाल आदर्श योग अकादमीका प्रमुख योग विशेषज्ञ शिव हाजराले विद्यार्थीहरूलाई योग तालिम दिएका थिए । यो तालिम शिविर हरेक हप्ता शनिबार, आइतवार र सोमबार सञ्चालन हुने बताइएको छ । शिविरमा विद्यार्थी स्वास्थ्य गृहका सचिव त्रिदिव विश्वास, प्रख्यात समाजसेवी रवि सिंह र विश्वजित सरकारको उपस्थिति रहेको थियो ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *