सिलगढी: सिलगढी टाउन १ ब्लक तृणमूल कङ्ग्रेस नमशुद्र र शरणार्थी सेलद्वारा आज झंकार मोड क्षेत्रमा एक मेगा स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। जसमा तृणमूल कङ्ग्रेस शरणार्थी सेलका राज्य सचिव रञ्जन मजुमदार, सिलगढी नगर निगमका उपमेयर रञ्जन सरकार, तृणमूल कङ्ग्रेस दार्जिलिङ जिल्ला अध्यक्ष पापिया घोष, रामभजन महतो परिमल मित्र, अमित भद्र लगायत अन्य धेरै उपस्थित थिए। शिविरमा क्षेत्रका बासिन्दाले ठूलो संख्यामा आफ्नो स्वास्थ्य परीक्षण गराए ।