तृणमूलका गुण्डाहरू विस्फोटक पदार्थ लिएर घुमिरहेका छन्, रक्षामा त्रिशूल र तरवार पनि उठाउनुपर्छ – राजु ब्यानर्जी

677a5695-fc1c-4882-b37d-f765d91c5bcf

सिलगढी: पुरानो मुद्दामा जमानत लिन शनिबार सिलगढी आएका भाजपा प्रदेश उपाध्यक्ष राजु ब्यानर्जीले भने, “पञ्चायत चुनावमा तृणमूलका गुण्डाहरूलाई रोक्न भगवानले दिएको हतियार त्रिशुल र तरवार उठाऊ।” पुरानो मुद्दामा जमानत माग्न आज सिलगढी अदालतमा त्यहाँ उनले राज्यको शान्ति सुरक्षाको अवस्थालाई लिएर राज्य सरकारप्रति आक्रोश व्यक्त गरे। उनले राज्यमा शान्ति सुरक्षाको अवस्था नरहेको बताए । प्रतिपक्ष आन्दोलनमा जाँदा एकपछि अर्को झुटा मुद्दामा फसाइन्छ । यसअघि भाजपाले सिलगढीमा एनआईए जाँचको मागलाई लिएर विरोध प्रदर्शन गर्‍यो, त्यसपछि हामीमाथि झूटो मुद्दा दर्ता गरियो। पञ्चायत चुनावमा पनि तृणमूलका गुण्डाहरू विस्फोटक पदार्थ लिएर घुमिरहेका छन् । त्यसैले अब म राज्यका जनता र आमाहरूलाई त्रिशूल तरवार उठाउन आग्रह गर्दछु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement